
नयाँदिल्ली– भारतमा पनि होली आज हर्षोल्लासका साथ मनाइँदैछ । जसको असर भारतको मेट्रो रेल सेवामा परेको छ । आज दिउँसो सम्म भारतमा मेट्रो रेल सेवा बन्द हुने भएको हो ।
होलीका कारण भारतीय समय अनुसार दिउँसो साढे दुई बजे सम्म मेट्रो रेल सेवा बन्द हुनेछ । मेट्रो फिडरका बसको परिचालन दिउँसो दुई वजेसम्म बन्द हुनेछ । दिल्ली मेट्रो रेल निगम (डीएमआरसी)ले एयरपोर्ट एक्सप्रेस लाइनसहित दिल्ली मेट्रोका सबै रुट दिउँसो २ः३० पछि शुरु हुने जनाएको छ ।
दिउँसो २ बजेसम्म दिल्ली परिवहन निगमको बस सञ्चालनमा आउने छैन ।