गणेश साह सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख हुन् ।
पूर्व वातावरण मन्त्री समेत रहेका नेता साह सरकार सञ्चालनमा पार्टीको संयन्त्र क्रियाशील नहुँदा सरकारको कामले अपेक्षित गति लिन नसकेको विश्लेषण गर्छन् ।
लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै सरसफाइ अभियान्ता समेत रहेका इञ्जिनीयर साहले राजनीतिक इच्छाशक्ति भए काठमाडौंलाई प्रदूषणमुक्त बनाउन सकिने बताए ।
सरकार किन गतिहीन बन्यो ? जनताले किन राहत महसूस गर्न सकेनन् ? अस्तव्यस्त काठमाडौंलाई कसरी प्रदूषणमुक्त गर्न सकिन्छ ? समृद्ध नेपाल सुखी नेपालीको अभियानमा विज्ञान प्रविधिको कुरा कहाँ आउँछ ? यी लगायत प्रश्नमा नेता साहको जवाफ सुन्न हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :