
फिफा विश्वकप–२०२६ मा एसियाली टोली अस्ट्रेलियाले विजयी शुरूआत गरेको छ ।
समूह ‘डी’अन्तर्गत क्यानडाको भ्यानकुभरमा नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलले हरायो ।
अस्ट्रेलियाको जीतमा कोनर मेटकाफ र नेस्टोरी इरानकुन्दाले एक–एक गोल गरे । नेस्टोरीले २७ औं र कोनरले ७५ औं मिनेटमा गोल गरेका हुन् ।