१६ असार २०८३, मंगलबार

पहिलो हाफमा अस्ट्रियाविरुद्ध अर्जेन्टिनाले लियो अग्रता

असार ८, २०८३
काठमाडौं
पहिलो हाफमा अस्ट्रियाविरुद्ध अर्जेन्टिनाले लियो अग्रता

अस्ट्रियाविरुद्धको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा अग्रता लिएको छ। डल्लास स्टेडियममा भइरहेको विश्वकप २०२६ को समूह चरणको रोमाञ्चक खेलमा लियोनेल मेस्सीको गोलको मद्दतले अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भएको हो।

खेलको ३८औँ मिनेटमा फ्याकुन्डो मेडिनाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मेस्सीले बक्स भित्रबाट गोल गरेका थिए। यो गोलसँगै मेस्सीको विश्वकपमा व्यक्तिगत गोल संख्या १७ पुगेको छ । जसले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको १६ वर्ष पुरानो कीर्तिमानलाई तोडेको छ।

तर खेलको सुरुवाती समयमा मेस्सीले एउटा पेनाल्टी प्रहार गर्ने अवसर गुमाएका थिए, तर लगत्तै उत्कृष्ट गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए।

यस ऐतिहासिक गोलसँगै मेस्सी विश्वकपका लगातार ६ खेलमा गोल गर्ने इतिहासकै तेस्रो खेलाडी समेत बनेका छन्। पहिलो हाफमा अर्जेन्टिनाले बलमाथि पूर्ण नियन्त्रण राख्दै अस्ट्रियालाई दबाबमा राखेको थियो। स्टेडियममा उपस्थित हजारौँ अर्जेन्टिनी समर्थकहरूले मेस्सीको कीर्तिमान र टोलीको अग्रतालाई उत्सवको रूपमा मनाइरहेका छन्।

 पहिलो हाफको खेल सकिँदासम्म अस्ट्रियाले केही प्रयास गरे पनि अर्जेन्टिनाको बलियो रक्षापंक्ति तोड्न सकेन र अर्जेन्टिना १-० को स्थितिमा सुरक्षित रह्यो।

salt training

कमेन्ट गर्नुहोस्