
बुटवलमा भएको मदन भण्डारी कप यू–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधि पोखरा युनाईटेड, कास्कीले चुमेको छ । सोमबार साँझ भएको फाइनलमा न्यूटन कलेज काठमाडौंलाई ३–१ सेटले पराजित गर्दै पोखराले उपाधि चुमेको हो ।
उपाधिसँगै पोखरा नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
उपविजेता न्यूटन भने, नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा मणिमुकुन्द कलेज तेस्रो हुँदै नगद ३० हजार रुपैयाँ, कप, मेडल तथा न्यू होराइजन स्कुल सान्त्वना स्थान हाँसिल गर्दै नगद १५ हजार रुपैयाँबाट पुरस्कृत भयो ।
विजेता टोलीलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल र एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पुरस्कार वितरण गरे । प्रतियोगितामा ५ दिन चलेको थियो ।