०३ असार २०८३, बुधबार

गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार २, २०८३
काठमाडौं
गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्राकुमारी बोहरासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन तयार पारेर भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार ​ठूलीगाड र कापडीगाडको बगर क्षेत्रवाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननमा राजस्व रकम सङ्कलन नगरी हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा नेपाल सरकारको मापदण्ड विपरीतका कार्यहरू गरी १४ लाख १० हजार २ सय ४० रुपैयाँ हिनामिना गरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।​

आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैसी, लेखापाल युवराज भट्ट, तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सबइन्जिनियर दानबहादुर पछेराका साथै भागीरथी निर्माण सेवा, धनगढी, कैलाली तथा कम्पनीका सञ्चालक पशुपति जैसी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बमलाई पनि प्रतिवादी बनाएको छ ।

उनीहरूविरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको मागदाबी आयोगले गरेको छ ।

यस्तो छ आयोगको अभियोग पत्र : 

salt training

कमेन्ट गर्नुहोस्