
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइको ठेक्का प्रकरणमा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ ।
पासपोर्ट प्रकरणमा अनुसन्धानका लागि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेको आरजुलाई बयानका लागि म्याद तामेल गरिएको हो ।
आरजु अहिले देशबाहिर छिन् । उपचारका लागि भन्दै पति शेयरबहादुरसहित सिंगापुर गएकी आरजु फर्किएकी छैनन् ।
सोही कारण बुढानीलण्ठस्थित आगजनी भएको घरको भग्नावशेषमा पुगेर म्याद तामेल गरिएको अख्तियार स्रोतले लोकान्तरलाई जानकारी दियो ।
अख्तियारले यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ४ जनालाई गिरफ्तार गरिसकेको छ ।