१४ असार २०८३, आइतबार

आईकार ‘सुपर भी२३’ले  जित्यो ‘रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६’

असार ४, २०८३
काठमाडौं
आईकार ‘सुपर भी२३’ले  जित्यो ‘रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६’

आईकारको नवीनतम विद्युतीय एसयूभी ‘सुपर भी२३’ले जर्मनीमा प्रदान गरिने प्रतिष्ठित ‘रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६’ प्राप्त गरेको छ । 

कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा यस उपलब्धिले आईकारको मौलिक डिजाइन क्षमता तथा भविष्यको मोबिलिटीप्रतिको दूरदर्शी सोचलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको जनाएको छ ।

सन् १९५५ मा स्थापना भएको ‘रेड डट डिजाइन अवार्ड’लाई ‘आईएफ डिजाइन अवार्ड’ र ‘आईडिइए (इन्टरनेशनल डिजाइन एक्सिलेन्स अवार्ड्स)’सँगै विश्वकै तीन प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिन्छ । 

उत्कृष्ट डिजाइन तथा नवप्रवर्तनलाई सम्मान गर्ने यस अवार्डलाई ‘डिजाइनको ओस्कार’का रूपमा समेत चिनिने गरिएको छ ।

कम्पनीका अनुसार सुपर भी२३ ले क्लासिक डिजाइन, उपयोगी इन्टेरियर स्पेस तथा बहुआयामिक प्रयोग अनुभवका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका उच्च मापदण्ड पूरा गरेपछि उक्त सम्मान प्राप्त गरेको हो । यो उपलब्धिले आईकारको मौलिक डिजाइन क्षमताको महत्वपूर्ण प्रमाण प्रस्तुत गरेको कम्पनीको दाबी छ ।

null

सुपर भी२३ पूर्ण रूपमा विद्युतीय प्लेटफर्ममा आधारित एसयूभी हो । यसमा फोर–ह्विल–एट–द–कर्नर्स लेआउट, ४३ डिग्री एप्रोच एङ्गल, ४१ डिग्री डिपार्चर एङ्गल तथा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता रहेका छन् । 

झण्डै १:१ चौडाइ–उचाइ अनुपात, बक्स आकारको बाह्य संरचना तथा स्पष्ट रेखाले गाडीलाई बलियो र आकर्षक स्वरूप प्रदान गरेको कम्पनीले जनाएको छ ।

हाल विश्वव्यापी रूपमा ‘बक्सी’ डिजाइनप्रतिको आकर्षण पुनः बढिरहेको अवस्थामा सुपर भी२३ ले आफ्नो स्वतन्त्र र मौलिक डिजाइन दर्शनका कारण अन्तर्राष्ट्रिय पुरस्कारसँगै उपभोक्ताको प्रशंसा समेत प्राप्त गरिरहेको कम्पनीको भनाइ छ ।

आईकारले आगामी दिनमा पनि नवप्रवर्तन तथा मौलिक डिजाइनलाई केन्द्रमा राखेर युवा पुस्तालाई लक्षित विशिष्ट उत्पादन विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

कम्पनीले ‘राइड टु चियर’ नामक विश्वव्यापी अभियानमार्फत आउटडोर यात्रा, कस्टमाइजेसन टुर तथा शोरुम अनुभवका कार्यक्रम सञ्चालन गर्दै ग्राहकसँग रमाइला अनुभव साझा गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्