२५ असार २०८३, बिहीबार

जीडब्लूएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किलोमिटरसम्म चल्ने

असार ९, २०८३
काठमाडौं
जीडब्लूएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किलोमिटरसम्म चल्ने

विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लूएम (Great Wall Motor) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । काठमाडौंस्थित द प्लाजामा आयोजित विशेष समारोहबीच गाडी सार्वजनिक गरिएको हो ।

चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्त्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ। ‘Designed with Intelligence, Shaped by Elegance’ अवधारणामा आधारित यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया पाएको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ।

नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता भीजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार यो गाडीले सुरक्षित, स्मार्ट र दिगो मोबिलिटीको अनुभव प्रदान गर्नेछ।

ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ।

कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्