
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालयको जवाफ दिन लाग्दा नेकपा एमालेले आपत्ति जनाएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जवाफ दिन लाग्दा एमाले सांसद गुरू बरालले नियमापत्ति गर्दै जवाफ माग गरेका थिए ।
‘नियमावलीमा सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् भनेको छ, आजको जवाफ मात्र हो कि स्थायी रूपले जिम्मेवारी दिएको हो ? यसको जवाफ चाहिन्छ’, बरालले भने ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री कार्यालयको तर्फबाट पत्र प्राप्त भइसकेको हुनाले जवाफ दिने प्रचलनमै भएको बताए ।
त्यसपछि अर्थमन्त्री वाग्लेले जवाफ दिएका छन् । जेठ १५ गते संसद्मा पेस भएको बजेट बिहीबार पारित गर्ने कार्यसूची छ ।