
योग, प्राणायाम सबै भन्दछन्, संस्कार सबै बिर्सिन्छन् ।
अभिवादन, माफी, अनुरोध, श्रेयजस्ता विषय छायाँमा पर्दैछन् ।
अङ्ग्रेजी शब्द, सञ्जाल र पश्चिमा रहनसहन अँगाल्छन् ।
आफू, आफ्ना सबै मान्यता बिर्सेर सभ्य ठान्दछन् ।
योग, प्राणायाम, श्वासप्रश्वास सबैमा चाहिन्छ अनुशासन ।
चाहिन्छ शील, स्वभाव, सबैमा नम्रता, अभिवादन ।
धन्यवाद दिऔँ भगवानलाई, हामी आज जीवित छौँ ।
पितृदेवलाई स्मरण गरौँ, उनैका खातिर हामी यहाँ छौँ ।
भ्रामरी, अनुलोम-विलोम, सूर्यदर्शन सबै गर्दछौँ ।
आखिर अनुशासन मूल हो, त्यही हामी छाड्दछौँ ।
योग गरौँ, ध्यान गरौँ, एकाग्रता बढाऔँ ।
अनुशासन सबथोक हो, जगतमा शिष्टता जोगाऔँ ।
गरेर हुन्न के यहाँ, योग-ध्यानमा बल छ ।
दैनिक योग गरौँ सबैले, जे छ त्यसैमा छ ।
योग गरौँ, अभ्यास गरौँ, रोगव्याधि भगाऔँ ।
योगमा रोग निदान छ, चेतना हामी जगाऔँ ।