
विश्वकप २०२६ अन्तर्गत हाइटी विरुद्धको खेलमा ब्राजिली खेलाडी घाइते हुन पुगेका छन् । खेलको ४०औँ मिनेटमा टोलीका प्रभावशाली विंगर राफिन्हा घाइते हुँदै मैदानबाट बाहिरिएका हुन्।
ब्राजिल २-० ले अगाडि रहेको अवस्थामा मांसपेशीको समस्याका कारण उनी खेल्न नसक्ने भएका हुन्।
राफिन्हा मैदानबाट बाहिरिँदै गर्दा सहकर्मी खेलाडीहरूले उनलाई सान्त्वना दिएका थिए ।
उनको स्थानमा बाँकी समयका लागि बोर्नमाउथका युवा खेलाडी रायन मैदान प्रवेश गरेका छन् । खेलको पहिलो हाफमा ब्राजिल ३-० ले अगाडि रहेको छ ।