
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा यही असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय महाधिवेशन २०८३ मंसिर २६, २७ र २८ गते काठमाडौं गर्ने निर्णय गरेको हो ।
केन्द्रीय महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न राप्रपाले लिङ्देनकै अध्यक्षतामा महाधिवेशन मूल आयोजक समितिसमेत गठन गरेको छ ।
समितिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारी एवं केन्द्रीय समितिका सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरू, विभिन्न केन्द्रीय विभागका प्रमुखहरू, प्रदेश अध्यक्षहरू, सबै जिल्ला अध्यक्षहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू, सबै भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गरिने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने तय भएको छ ।
यस्तै, पार्टीको सक्रिय सदस्यता वितरण कार्यलाई आगामी भदौ मसान्तसम्म अभियानको रूपमा सञ्चालन गर्ने, कात्तिक ११ गतेदेखि ३० गतेसम्म सबै जिल्लाको सबै प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले पार्टीको विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्ने उनले जानकारी दिए ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने व्यवस्था गरिएको छ।
यस्ता छन् अन्य निर्णयहरू :


