१४ असार २०८३, आइतबार

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

असार १०, २०८३
ललितपुर
ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रूपैयाँको बजेट ल्याएको छ । 

बुधबार महानगरपालिकाको नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिएको हो ।

महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रूपैयाँको बजेट प्रस्तुत गरे ।

चालु आर्थिक वर्षका लागि महानगरपालिकाले ७ अर्ब ४७ करोड ४१ लाख रूपैयाँको बजेट ल्याएको थियो । 

महानगरपालिकाले आगामी आवमा चालुतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार बजेट विनियोजन गरिएको छ । जुन चाल आवको तुलनामा ९ प्रतिशतले बढी हो । 

त्यसैगरी, आगामी आवका लागि पूँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रूपैयाँ विनियोजन गरिएको छ । चालु आवमा पूँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ लाख विनियोजन गरिएको थियो । 

पूँजीगत बजेट आगामी आवका लागि ६ प्रतिशतले घटेको छ ।

स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट  १ अर्ब ३६ करोड ५३ लाख ९० हजार र बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, आन्तरिक स्रोतको रूपमा रहेको आन्तरिक आय (आन्तरिक राजस्व, मालपोत रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर आदि) बाट  ३ अर्ब ३५ करोड ५० लाख संकलन हुने अनुमान गरिएको छ । विकास निर्माणमा जनसहभागिता वापत ६ करोड बराबरको रकम प्राप्त हुने अपेक्षा गरिएको छ। 

अन्तर-सरकारी अख्तियारीबाट १ अर्ब ६ करोड २० लाख प्राप्त हुने अनुमान छ । विनियोजन बजेटका लागि नपुग हुने १ अर्ब ४७ करोड नगद मौज्दातबाट व्यहोरिने बजेटमा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्