×

NMB BANK
NIC ASIA

करीब-करीब दुईतिहाइ बहुमतसहित सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खटपट चलिरहेको समाचार नौलो होइन । २०७५ साल जेठ ३ गते पार्टी एकता भएदेखि नै पार्टीभित्र विभिन्न समूहहरू बन्ने क्रम जारी छ, र बेलाबेलामा समूहगत र व्यक्तिगत स्वार्थ सतहमा आउने गरेको छ ।

Muktinath Bank

गत माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले नेकपाभित्रका कतिपय विवादहरू समाधान गर्ने अपेक्षा गरिएको थियो । बैठकपछि धेरै केन्द्रीय कमिटी सदस्यहरूले पार्टी अब नयाँ उचाइमा पुगेको दाबी गरेका थिए । त्यसपछि पार्टी एकढिक्का भएर अघि बढ्ने धेरैको आशा र अपेक्षा थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो हुन सकेन । बरू अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विश्वासको संकट थप गहिरियो । ९ सदस्यीय केन्द्रीय सचिवालय विभाजित हुने स्थितिमा पुग्यो । विशेष गरेर उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित कोटामा राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णयसमेत प्रधानमन्त्रीको पेलानमा पर्‍यो । गौतम प्रकरणपछि प्रधानमन्त्री र सचिवालयका अन्य सदस्यहरूबीच ध्रुवीकरण देखापर्यो ।


Advertisment
Nabil box
Kumari

समग्रमा हेर्दा २०७६ सालमा नेकपा एकताप्रक्रियाले गति लियो । एकताप्रक्रियाका धेरै कामहरू २०७६ सालमै सम्पन्न भएका छन् । तर २०७६ सालमा नेकापाका नेताहरूबीच विश्वासको संकट झन् बढी गहिरिएको छ । 

Vianet communication
Laxmi Bank

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि गरिएको देशव्यापी लकडाउनकै बीचमा आम नेपालीले नयाँ वर्ष मनाउँदै छन् । नेकपाको २०७६ साल कस्तो रह्यो त ? यस विषयमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग लोकान्तरकर्मी ईश्वर अर्यालले संक्षिप्त कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

'२०७६ साल,पार्टीको इतिहासमा एकदमै महत्त्वपूर्ण'

२०७६ साल हाम्रो पार्टीको इतिहासमा एउटा महत्त्वपूर्ण सालको रूपमा रहेको छ । हामीले दुईवटा पार्टीहरूलाई एकीकृत गर्ने कामलाई अघि बढायौं ।

एकताको प्रक्रिया दुई वर्ष अघिबाट शुरू भएको भएपनि यो २०७६ सालभरि अघि बढ्यो । पार्टीलाई अधारभूत रूपले एक बनायौं । वर्गीय संगठनहरूलाई पनि एकताबद्ध बनायौं ।

यद्यपि एकताका कतिपय प्रक्रियाहरू अझै टुंगिन अझै बाँकी छन् । समग्रमा पार्टी एक भइसकेको छ । हाम्रो देशको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको इतिहासमा अभूतपूर्व उपलब्धिको कुरा हो ।

हामीले अझै यो पार्टीलाई वैचारिक रूपमा, राजनीतिक रूपमा सैद्धान्तिक रूपमा र संगठनात्मक रूपमा सुदृढ गर्नुपर्ने आवश्यकता छ । ८ लाख सदस्य रहेको यो पार्टी अहिले नेपालको सबैभन्दा ठूलो पार्टीको रूपमा रहेको छ ।

हाम्रो पार्टीले दुईतिहाइ बहुमतको केन्द्रीय सरकारलाई नेतृत्व गरिरहेको छ । सातमध्ये ६ वटा प्रदेशमा हाम्रै नेतृत्वमा सरकार बनेको छ । स्थानीय तहमा पनि करीब करीब ६० प्रतिशत प्रतिनिधित्व छ ।

हामी अहिले महत्त्वपूर्ण उचाइमा छौं र हामीले देशलाई समाजवादको बातोतार्फ़ लैजाने कुरामा अत्यन्त ठूलो ऐतिहासिक पहलकदमी लिएर अघि बढ्नुपर्ने आवश्यकता छ ।

सरकारले संविधानलाई कार्यान्वयन गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसका साथै संघीयतालाई लागू गर्ने कुरामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसको साथसाथै सरकारले ३/४ सयवटा ऐनहरू नयाँ बनाउनु पर्ने आवश्यकता थियो, त्यसमा पनि सफलता हासिल गरेको छ ।

मौलिक हकका निम्ति १६ वटा कानून पनि बनाइएको छ । २ वर्षका वार्षिक बजेटहरू सरकारले लागू गरिसकेको छ । नीति कार्यक्रमहरू लागू गरिसकेको छ । मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्न सरकार अगाडि बढ्दैछ ।

'तर, सरकारको प्रभावकारितामा प्रश्न उठ्यो'

सरकारले सैद्धान्तिक हिसाबले काम गरिरहेको छ तर जनतासँग व्यावहारिक रूपमा जोडिन सकेन । जनताको बीचमा सरकार जति लोकप्रिय र प्रभावकारी हुनुपर्ने हो, त्यति लोकप्रिय र प्रभावकारी हुन सकिरहेको छैन । जनतासँग जोडिन सकेको छैन । यो बीचमा सरकार जसरी चल्नुपर्थ्यो, त्यसरी अझै चल्न सकेको छैन ।

'पार्टीले सरकारलाई निरन्तर निर्देशन गरिरहेको छ'

पार्टीले सरकारलाई निरन्तर जनताको हीतअनुकूल, जनताको इच्छाअनुकूल र पार्टीका नीति र सिद्धान्त र कार्यदिशाअनुरूप अगाडि बढ्नका लागि पार्टीलाई भनिरहेको छ । निर्देशन गरिरहेको छ । तर पनि सरकार अपेक्षाअनुरुप अझै अघि बढ्न सकेको छैन ।

२०७६ सालमा त्यो देखिएन । फेरि पनि हाम्रो खबरदारी निरन्तर जारी छ ।  २०७७ सालमा सरकार यो भन्दा अझै बढी अपेक्षाकृत ढंगले अघि बढ्ला भन्ने आशा गरौं ।

'सर्वदलीय संयन्त्रका बारेमा विवाद छैन'

कोभिड– १९ सँग लड्ने विषयमा पार्टीभित्र कुनै विवाद छैन । बाहिर आएजस्तो केही पनि छैन । पार्टीभित्र त्यसबारेमा कुनै बहस पनि भएको छैन, बहस नै नभएपछि विवाद हुने कुरै भएन । विभिन्न ठाउँहरूमा नेताहरूले बोल्दै जाँदाखेरि उहाँहरूका जिब्राहरू कुनै–कुनै ठाउँमा अड्किन सक्छन्, अन्यथा केही पनि होइन ।

अहिले सरकारको नेतृत्वमा कोभिड– १९ विरुद्धको लडाईं अघि बढ्दै छ, त्यसमा सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता हो ।

पार्टीभित्र कुनै विवाद नै नभएपछि कुरा सकिइहाल्यो नि ! कोभिड– १९ विरुद्ध लड्न एउटा विराट मोर्चाबन्दीको आवश्यकता छ । यो मोर्चाबन्दीलाई सरकारले नेतृत्व गरेर अघि बढ्नुपर्छ । सबैको विश्वास लिएर अघि बढ्नुपर्छ ।

'प्रधानमन्त्रीले पार्टी हाँक्ने होइन,पार्टीले प्रधानमन्त्री हाँक्ने हो'

अहिले सञ्चारमाध्यमहरूमा प्रधानमन्त्रीले पार्टीको निर्देशन अवज्ञा गर्न खोजेको, पार्टीलाई नसुनेको जस्ता समाचारहरू आउने गरेका छन् । उहाँले पार्टीको कुरा सुन्नुभएन भने कसको कुरा सुन्ने त ? उहाँले पार्टीको कुरा सुन्नै पर्छ । पार्टीका निर्देशन मान्नुपर्छ । पार्टीको निर्णय मान्नुपर्छ ।

पार्टीका कार्यदिशालाई अनुशरण गरेर अघि बढ्नुपर्छ । यसको विकल्प छैन । प्रधानमन्त्रीले पार्टी हाँक्ने होइन, पार्टीले प्रधानमन्त्रीलाई हाँक्ने हो । पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने भन्ने हुँदै हुँदैन । प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुको विकल्प छैन ।

'२०७७ साल देश र पार्टी दुवैका लागि उज्ज्वल छ'

२०७७ सालमा सबैभन्दा पहिला त हामीले कोभिड– १९ विरुद्धको लडाईंमा विजय प्राप्त गर्नुपर्छ । देशको अर्थतन्त्रलाई पुनर्जीवन दिनुपर्छ । लक-डाउनले गर्दा पर्यटन लगायतका विभिन्न उद्योगहरू र अर्थतन्त्रका क्षेत्रहरू डामाडोल बनेका छन् । ती क्षेत्रलाई पुनर्जीवन दिएर राष्ट्रलाई नयाँ गति दिनुपर्छ ।

पार्टी समाजवादमा जाने कुरामा कुनै तलमाथि हुनु हुँदैन । समाजवादको बाटोतर्फ अघि बढ्ने क्रममा फेरि सम्पूर्ण शक्तिलाई एकताबद्ध गराएर अघि लैजानुपर्छ ।

त्यसमा पार्टीको नेता भएको हिसाबले हामी सबै प्रतिबद्ध छौं । २०७७ साल हाम्रा लागि उज्ज्वल छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x