
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईमार्फत उक्त सहयोग रकम हस्तातरण गरेको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ।
यसैगरी नेपाल पर्वतारोहण सङ्घले पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले स्थापना गरेको उपचार कोषमा पाँच लाख सहयोग गर्ने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सहयोग रकमले कोभिड सङ्क्रमण नियन्त्रण रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवम् उपभोग्य सामग्रीका निम्ति सहयोग पुग्ने विश्वास लिइएको जनाएको छ ।