×

NMB BANK
NIC ASIA

२०७५ साल जेठको ३ गते मदन भण्डारीको स्मृति दिवसलाई साक्षी राखेर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भयो । दुई अध्यक्ष किन राख्नुपरेको भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले पार्टी कुनै टेम्पो नभएको र जेटमा दुईवटा पाइलट चाहिने जिकिर गरेका थिए ।

Muktinath Bank

पार्टी एकता भएको २ वर्ष पुग्नै लाग्दा आकाशमा उडिरहेको जेटमा दुई पाइलट झगडामा उत्रिएका छन् । ८ लाख कार्यकर्ता बोकेर समाजवादको गन्तव्यतर्फ उडिरहेको जेट अहिले क्य्रास हुने खतरामा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवादित अध्यादेश प्रकरणले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको मानिएपनि यसका सहायक कारणहरू टन्नै छन् । तीमध्ये केपी ओलीको स्वेच्छाचारिता प्रमुख हो । 


Advertisment
Nabil box
Kumari

पार्टीलाई नटेर्ने ओलीको स्वाभाव, एक्लै हिँडेर अघि पुग्न खोज्ने महत्त्वाकांक्षालाई लगाम लगाउन जेटभित्रका अर्का पाइलट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाजमा सवार ‘क्याबिन क्रु’हरूको साथ लिएर मुख्य पाइलट बर्खास्त गर्न खोजिरहेका छन् । 

Vianet communication

यद्यपि नेकपाभित्रको विवाद पूर्वएमालेकै नेताहरूबीच देखिएको टकरावको अंश भएको मान्नेहरू पनि छन् । सतहमा हेर्दा त्यस्तो देखिन्छ पनि । तत्कालीन एमालेभित्र लामो समयदेखि ओलीसँग शक्ति संघर्षमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल अहिले सशक्त ओलीविरोधी देखिएका छन् । 

नेकपाभित्र अहिले नेताहरूको रिले दौड चलिरहेको छ । व्यक्तिगत र गुटगत छलफलमा व्यस्त रहेका नेताहरूले के हुँदैछ भनेर सोध्ने सञ्चारकर्मीहरूलाई जवाफ दिन भ्याएका छैनन् । 

कोटेश्वर भेलाको निष्कर्ष– ओलीको चारोमा नफस्ने ! 

आइतवार दिनभर जसो नेताहरूको समूहगत भेला चल्यो । ओलीले बालुवाटारमा आफूनिकट नेताहरूसँग छलफल गरे, प्रचण्ड खुमलटारमा व्यस्त भए भने वरिष्ठ नेता नेपालले कोटेश्वरमा आफूनिकट नेताहरूको भेला आयोजना गरे । 

कोटेश्वरको भेलामा अध्यक्ष प्रचण्ड पनि सामेल थिए । नेता नेपालले आफूनिकटका नेताहरूलाई प्रचण्डसँग भेटाएका थिए । नेपालपक्षीय स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले अध्यक्ष प्रचण्ड र नेता नेपालबीच ओलीको स्वेच्छाचारिताको डटेर सामना गर्ने विषयमा छलफल भएको खुलासा गरे । 

‘पार्टी एकीकरणको काम सकिएको छैन, सरकार दिनप्रतिदिन बदनाम हुँदै गइरहेको छ,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘सरकार र पार्टी एक्लै चलाउन खोज्ने र बदनामी कमाउने ओलीप्रवृत्तिविरुद्ध डटेर सामना गर्ने प्रतिबद्धता नेताहरूले गर्नुभएको छ ।’

भेलामा सहभागी सबै नेताहरूले तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग गरेको उनले बताए ।

भेलामा सहभागी अर्का एक नेताले भने, ‘अब उधारो सहमतिमा हुँदैन । नगद लिने हो । पार्टी विधिमा चल्नुपर्ने, एक व्यक्ति एक पदलाई कार्यान्वयन गर्नुपर्ने विषयमा हामी पछि हट्न सक्दैनौं । आजसम्म भरोसा थियो, अब छैन ।’

उनले ओलीले फ्याँकेको चारोमा नफस्न अध्यक्ष प्रचण्ड र नेता नेपाललाई सुझाव दिएको बताए । 

भेलामा प्रचण्डले तत्काल स्थायी कमिटी बैठक बोलाएर उपयुक्त निर्णय गराउन आफूहरू लागिरहेको भन्दै नेताहरूलाई आश्वस्त तुल्याएका थिए ।  

सकसमा बालुवाटार !

आइतवार बालुवाटारमा ओलीनिकटका नेताहरूको बाक्लो आउजाउ र चहलपहल रह्यो ।

अधिकांशको मत थियो वरिष्ठ नेता माधवकुमार नेपालसँग पावर शेयरिङ गर्नुपर्छ । प्रधानमन्त्री ओली पनि नेता नेपाललाई ‘केही दिएरै’ अघि बढ्न तयार रहेको स्रोतको दाबी छ । 

पावर सेयरिङ कसरी गर्ने त भन्ने प्रश्नमा ओलीनिकट एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले नेता नेपाललाई अध्यक्ष बन्न प्रस्ताव नै गरिसक्नुभएको छ, यहाँभन्दा ठूलो पावर सेयरिङ भनेको के हो मैले बुझेको छैन ।’

ओलीले अध्यक्ष बन्न नेता नेपाललाई प्रस्ताव गरेको नेपालनिकट एक स्थायी कमिटी सदस्यले पनि पुष्टि गरे । 

‘माधव कमरेडलाई अध्यक्ष बन्न प्रस्ताव आएको मेरो जानकारीमा छ,’ उनले भने, ‘तर समस्याको समाधान त्यो होइन, पार्टीभित्र विधि र विधान स्थापित गर्नुपर्छ । जो अध्यक्ष भएपनि केही हुँदैन । हामीले नेता नेपाललाई खोक्रो आश्वासन धेरै आइसकेको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेका छौं ।’

बालुवाटार सकसमा परेको छ । शनिवार प्रधानमन्त्री ओलीले नेताहरूलाई छुट्टाछुट्टै बोलाएर नाडी छाम्ने प्रयास गरेका थिए । नेताहरूको भनाइले आफू घेराबन्दीमा पर्दै गएको ओलीले महसूस गरे ।

त्यसपछि बालुवाटारमा आफूनिकट नेताहरूलाई बोलाएर अघि बढ्ने विषयमा ओलीले छलफल शुरू गरे । आइतवार साँझ ओली राष्ट्रपति कार्यालय पनि पुगेका थिए । 

आफू तत्काल अघि नसर्ने प्रचण्ड रणनीति

आइतवार दिनभर प्रचण्डनिवास खुमलटारमा पनि नेताहरूको बाक्लो आउजाउ रह्यो ।

प्रचण्ड यतिबेला खेलको ‘मुख्य स्ट्राइकर’ बन्न चाहन्नन् । उनले माधवकुमार नेपाललाई अघि सारिरहेका छन् । नेता नेपालले पनि तत्कालका लागि प्रचण्डको विश्वास लिएर अघि बढ्ने मनासय बनाएका छन् । 

‘आफू अघि सर्दा पार्टीभित्र खेलेको आरोप लाग्छ भन्नेमा अध्यक्ष प्रचण्ड सजग हुनुहुन्छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘अहिलेको अवस्था भनेको अध्यक्ष ओलीले आफूसँग लामो समय काम गरेका नेताहरूलाई नै एक्ल्याउन खोज्नुभएको हो । त्यसको समाधान उहाँहरूले नै गर्नुहुन्छ । अध्यक्ष ओली र नेता नेपाल दुवैले प्रचण्डको साथ खोजिरहनुभएको छ । यतिबेला बीचमा बसेर मध्यमार्गी भूमिका खेल्ने अध्यक्ष प्रचण्डको जिम्मेवारी हो ।’

ती नेताले दाबी गरेअनुसार यतिबेला अध्यक्ष प्रचण्डले नेता नेपाललाई अध्यक्ष या प्रधानमन्त्री दुईमध्ये एकमा समर्थन गर्ने मूडमा छन् । 

बालुवाटारले नेपालपक्षलाई निर्णयाक वार्ता गर्न बोलाइरहेको स्रोतको दाबी छ ।

सोमवार अपराह्न नेपालपक्षीय नेताहरूलाई बालुवाटारमा बोलाएर निर्णायक छलफल गर्ने र निकास निकाल्ने बालुवाटारको तयारी रहेको स्रोतले बतायो । 

‘पहिला ओलीपक्षीय र नेपालपक्षीय नेताहरूबीच छलफल हुनेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि ओली र नेपालबीच वान टु वान वार्ता हुनेछ ।’

ओलीले आफ्ना तर्फबाट कुरा राख्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टीम तयार बनाएर राखेका छन् । 

नेपालपक्षबाट चाहिँ स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सक्रियताका साथ लागिपरेका छन् । तर स्थायी कमिटी सदस्य पन्तले यो टिप्पणी लेख्दासम्म वार्ताका लागि बालुवाटार जाने/नजाने केही थाहा नभएको बताए । उनले वार्ताकै औचित्यमाथि पनि प्रश्न गरे ।

‘यस्ता भेटवार्ताहरूको के अर्थ छ र ?’ उनले प्रश्न गरे, ‘स्थायी कमिटी बैठकमै सबै छिनोफानो हुन्छ ।’

स्थायी कमिटी बैठक नबोलाए अरू विकल्प अपनाइने 

स्थायी कमिटी सदस्य ज्ञवालीले बैठक नबोलाए अन्य विकल्प पनि तयार रहेको जनाउ दिएका छन् । 

‘सबै भन्दा पहिला त कम्युनिस्ट पार्टीको विधि विधान अनुसार बैठक बोलाएर छलफल गर्नुपर्‍यो, त्यो नभए हामीसँग अन्य विकल्प पनि छन्,’ ज्ञवालीले भने, ‘अहिले जुन कम्युनिस्टविरोधी प्रवृत्ति देखा परेको छ, त्यसलाई जरैदेखि निर्मूल पार्ने अभियान हो यो । यसमा व्यक्तिको हिसाबकिताब हुँदैन । बैठक नबोलाए हामी अन्य विकल्प अघि सार्छौं ।’

ज्ञवालीले बैठकविनाको विकल्प के–के हुने भन्ने चाहिँ बताएनन् । प्रधानमन्त्री ओली बैठक बोलाउन तयार नभएको खण्डमा प्रचण्डले नै बैठक बोलाएर छलफल गर्न सकिने विकल्पमा पनि प्रचण्ड खुला देखिएका छन् ।

यसअघि ओली अस्वस्थ हुँदा प्रचण्डले सचिवालय बैठक बोलाएर केही महत्त्वपूर्ण निर्णयहरू गराएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x