१४ असार २०८३, आइतबार

आज खीर खाने दिन, यसरी बनाउनुस् स्वादिष्ट मटरको खीर

साउन १५, २०७७
आज खीर खाने दिन, यसरी बनाउनुस् स्वादिष्ट मटरको खीर

मटरको पनि खीर बनाउन मल्छि भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्छ होला । यो निकै स्वादिष्ट हुन्छ र बनाउन पनि सजिलो छ । यहाँ हामी यसको रेसिपी बनाउन सिकाउनेछौं । 

सामग्री
आधा कप मटर
चार ठूला चम्चा घिउ
आधा लिटर दूध
१२ किसमिस
६ वटा हरियो अलैंची
चिनी
१२ वटा पिस्ता
गार्निशिङका लागि १० बदाम

विधि
पहिला मटरलाई उमाल्नुस् र त्यसको मिहिन पेस्ट बनाउनुस् । 

एउटा प्यान मधुरो आगोमा राख्नुस् । त्यसमा हरियो मटरको पेस्ट र दूध राखेर उमाल्नुस् । 

त्यसलाई १५ मिनटसम्म उमाल्नुस् र पानी आधा बनाउनुस् । अब त्यसमा चिनी, हरियो अलैंचीको धूलो, किसमिस, पिस्ता लगायका सामग्री राख्नुस् । अनि त्यसलाई मज्जाले फिटेर चार मिनटसम्म मधुरो आगोमा पकाउनुस् । 

आगो निभाउनुस् र प्यानबाट निकालेर गार्निश गर्नुस् ।

salt training

कमेन्ट गर्नुहोस्