१५ असार २०८३, सोमबार

कविता बनिन् पुष्प र चक्रको निरमाया

कात्तिक १९, २०७७
कविता बनिन् पुष्प र चक्रको निरमाया

नेपाली लोक गीत ‘निरमाया’ सार्वजनिक गरिएको छ ।

अन्जु पन्त, रबिन गुरुङ र निश्चल गुरुङको स्वर रहेको गीत मंगलवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ ।

नेपाली लोक गीतको क्षेत्रमा फरक छवि बनाएका सर्जक हमालले यस गीत बहुप्रतिक्षितको रूपमा हेरेको र सार्वजनिक हुनु पहिले नै सर्जकबाट राम्रो प्रतिक्रिया मिलेको बताए । सार्वजनिक हुनासाथ निकै सकारात्मक प्रतिक्रिया मिलिरहेको बताए ।

कार्यक्रममा सर्जक हमालले गीतको अडियोदेखि भिडियोमा निकै मिहिनत गरेको जानकारी दिए । हमाल भन्छन्, ‘यसअघिका गीतहरू जस्तै यो गीतमा पनि मिहिनत र लगानी राम्रो गरेका छौं । दर्शक तथा स्रोताका लागि कुनै कमी हुन दिएका छैनौं ।’

गीतको भिडियोमा नायक पुष्प खड्का, डान्सर कविता नेपाली तथा गायक तथा मोडल चक्र बमको अभिनय रहेको छ । कार्यक्रममा नायक पुष्पले भिडियोमा काम गर्दाको अनुभव सुनाउँदै भन्छन्, ‘मैले पछिल्लो म्युजिक भिडियो कम गर्न थालेको छु । यो गीतको टीम यति राम्रो छ, गीत उत्तिकै मिठो छ । यो गीत छाड्नै सकिन ।’ 

गीतकी डान्सर कविता नेपालीले नयाँ टीमसँग काम गर्न पाउँदा खुशी लागेको बताए । कविताले नायक पुष्पसँग पहिलो पटक स्क्रिन शेयर गरेका हुन् । गीत सुनिल परियारले एरेन्ज गरेका हुन् ।

गीतका गायकद्वय रबिन र निश्चलले गीतबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताए । भिडियोका निर्देशक मौसम हिमालीले सक्दो मिहिनत गरेको बताए । भिडियो प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

सर्जक शिव हमालले १ महिना अघि मात्रै ‘झुम्का झलक्कै’ बोलको लोकगीत सार्वजनिक गरेका थिए । जुन दर्शक तथा स्रोतामाफ लोकप्रिय बनेको छ । हमालले डेढ दशकअघिदेखि सिर्जना गरेको दर्जनौं गीत लोकप्रिय छन् । 

salt training

कमेन्ट गर्नुहोस्