नेपालको संघीय राजधानी काठमाडौं उपत्यकावासीका लागि धूलोधुवाँ त आमविषय भइसकेको छ ।
यहाँ धूलो नउड्ने सडक र गल्ली भेट्न मुस्किल पर्छ । तर कतिपय क्षेत्र यस्ता छन्, जहाँ धूलोधुवाँका कारण श्वास लिनै मुस्किल पर्ने अवस्था छ ।
त्यस्तै क्षेत्र मध्येको एक हो, ललितपुरको नख्खु पुल क्षेत्र ।
यहाँ धूलो उड्न थालेको महिनौं भयो । यही बाटो हुँदै मन्त्री, नेता तथा स्थानीय जनप्रतिनिधि दिनहुँ हिँड्छन्, तर धूलो नियन्त्रणमा कसैको ध्यान जान सकेको छैन ।
धूलोधुवाँका कारण यस क्षेत्रका स्थानीयको स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ ।
लोकान्तरका लागि विश्वास खनालले तयार पारेको भिडियो रिपोर्ट :