चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
माघ २५, २०७७
प्रतिनिधि सभा विघटनपछि राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का दुवै पक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल) शक्ति प्रदर्शन र जनमत परीक्षणको होडमा छन् ।
सडकमा यी दुईले बोकेको एजेन्डा भने बिलकुल फरक छ । ओली पक्षले चुनावको पक्षमा माहोल बनाउन प्रयास गरिरहेको छ भने प्रचण्ड-नेपाल पक्ष प्रतिनिधि सभा विघटन बदर गर्नका लागि अदालतलाई र नेकपा विवादमा आधिकारिकता आफूहरूलाई प्रदान गर्न निर्वाचन आयोगलाई सडकबाटै सन्देश दिन चाहन्छ ।
विघटनको मुद्दा अझैसम्म सर्वोच्च अदालतमा विचाराधीन रहेकाले चुनाव हुन्छ नै भन्न सकिने स्थिति छैन । त्यसका लागि सर्वोच्च अदालतको अन्तिम फैसला कुर्नैपर्ने हुन्छ ।
घोषित मिति (वैशाख १७ र २७ गते)मा चुनाव हुने स्थिति परिपक्व नभएको भएपनि नेकपाका दुवै समूहले सडक कब्जा गर्दै शक्ति प्रदर्शन मात्र गरिरहेका छैनन्, आफ्नो पक्षमा जनमत कति छ भनेर परीक्षण पनि गरिरहेका छन् ।
गत शुक्रवार नारायणहिटी संग्रहालयअगाडि आयोजित जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए– 'अर्को समूहले २/४ हजार मान्छे जम्मा गरेर हामीलाई ललकारेपछि हामी पनि आमसभा गर्न बाध्य भएका हौं । यो सभाले नेकपामा को आधिकारिक हो अनि को नक्कली हो भन्ने फैसला गरिदिएको छ ।'
प्रतिनिधि सभामा झण्डै दुईतिहाइ सीट जितेको नेकपा आफूलाई जनताले दिएको अपार माया र अवसरलाई व्यवस्थापन गर्न नसकेर सडकमा रोइलो गरिरहेको छ ।
एउटा पक्षको भीडले अर्को पक्ष तनावमा
प्रचण्ड–नेपालले काठमाडौंमा गरेको सभामा जनताको उपस्थिति देखेर ओली पक्षले त्यो भन्दा ठूलो सभा गर्छु भनेर तत्कालै घोषणा गर्यो ।
शुक्रवार ओली समूहले गरेको आम सभामा जम्मा भएको भन्दा धेरै भीड देखाइदिने उद्देश्यका साथ फेरि प्रचण्ड-नेपाल समूहले आगामी बुधवार काठमाडौंमै जनसभा गर्दैछ ।
सभा कहाँ गर्दै हुनुहुन्छ भनेर लोकान्तरले सोधेको प्रश्नमा एक नेताले प्रतिप्रश्न गरे – 'कहाँ गर्दा बढी मान्छे देखाउन सकिएला, सुझाव दिनुस् न ?'
अर्थात् प्रचण्ड-नेपाल समूहको ध्यान शुक्रवार नारायणहिटी दरबारअगाडि ओलीले देखाएको भन्दा धेरै भीड देखाउनेमा छ र कहाँ सभा गर्दा अझै धेरै भीड देखाउन सकिएला भनेर छलफलमै रहेको प्रस्ट हुन्छ ।
जसरी भीड देखाएर ओलीले ताजा जनादेशमा जानुपर्ने औचित्य पुष्टि गर्न खोजेका थिए, प्रचण्ड-नेपाल समूहले त्यही भीडको सहारामा प्रतिनिधि सभा पुनःस्थापनाका लागि दबाब सिर्जना गर्दैछ ।
झण्डा र चुनाव चिह्न एउटै, कन्फ्युजमा जनता
शुक्रवार ओली पक्षले नारायणहिटीअगाडि सभा गरिरहँदा प्रचण्ड–नेपाल पक्षले छिमेकी जिल्ला धादिङमा जिल्लास्तरीय विरोध सभा गर्यो ।
धादिङको गल्छी गाउँपालिकाका ७ जनालाई प्रचण्ड–नेपाल पक्षले धादिङबेसी लैजानका लागि तल सडकसम्म ल्याएको रहेछ ।
सडकमा दुईथरि गाडी थिए, उस्तै झण्डा र चुनाव चिह्नसहितका । प्रचण्ड–नेपालको सभामा जान भनेर सडकसम्म आएका ७ जना झुक्किएर ओली पक्षको गाडीमा चढेछन् ।
गाडी धादिङबेसी नभएर काठमाडौंतर्फ लागेपछि उनीहरूले बल्ल थाहा पाएछन्, त्यसपछि फोन गरेर प्रचण्ड नेपाल पक्षीय नेताहरूलाई आफूहरू काठमाडौं जाने गाडीमा परेको जानकारी गराए ।
उक्त कुराले प्रचण्ड–नेपाल पक्षमा केहीबेर खैलाबैला नै भएको थियो ।
शुक्रवारको घटना प्रतिनिधि घटना मात्र हो । भीड बढी देखाउने नाममा तीव्र प्रतिस्पर्धा हुँदा कार्यकर्ता र नेकपा समर्थित जनता रनभुल्लमा छन् ।
भीड देखाएर अदालत र निर्वाचन आयोगतिर निशाना!
भीड ठूलो देखाउने होडबाजीमा लागेका नेकपाका दुवै समूहका नेताहरूले भीडबाटै निर्वाचन आयोग र सर्वोच्च अदालततर्फ पनि निशाना साँधिरहेका छन् ।
भीडकै अगाडि प्रचण्डले सबैभन्दा ठूलो फैसला जनताको अदालतको हुन्छ भन्दै सर्वोच्चमाथि दबाब सिर्जना गर्ने प्रयास गरे ।
अर्कोतर्फ ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध वकिलहरूको बहसलाई तमासा भनिदिए ।
अहिले ओली र प्रचण्ड दुवैविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको छ ।
दुवैलाई अदालतले लिखित जवाफसहित हाजिर हुन आदेश दिएपछि उनीहरू अलि नरम भएको अनुभूति हुन्छ ।
तर घुमाउरो पारामा दुवै समूहका नेताहरूले न्यायालय र आयोगतर्फ निशाना साँध्न भने छाडेका छैनन् ।
शुक्रवार ओलीले नारा नै लगाए– अस्थीरता होइन, चुनाव चाहियो । जनता के भन्छ, ताजा जनादेश ले भन्छ ।
प्रचण्डले बेलाबेलामा अदालत र निर्वाचन आयोगलाई सहज होस् भन्नकै निम्ति आफूहरूले जनताको सागर उतार्नु परेको बताउने गरेका छन् ।
के भीडले अदालतलाई प्रभाव पार्न सक्छ?
संवैधानिक इजलासमा बाहिरबाट पार्न खोजिएको दबाबका बारेमा पनि कुरा उठेको थियो ।
गत माघ ७ गते इजलासमा बहस गर्ने क्रममा रिट निवेदकका तर्फबाट अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीले भ्रम फैलाएको आरोप लगाए ।
'अदालतमा विचाराधीन रहेको मुद्दा एकातिर छ, प्रधानमन्त्रीले संसद् पुनःस्थापना कुनै पनि हालतमा हुँदैन भनेर हिँडिरहनुभएको छ । भीड जम्मा गरेर यस्तो बोल्दै हिँड्दा संविधानको उल्लङ्घन हुन्छ श्रीमान,' उनले इजलासमा भनेका थिए ।
जवाफमा न्यायाधीश अनिलकुमार सिन्हाले भने, 'यस्ता स्टेटमेन्टले तपाईं प्रभावित हुनुहुन्छ ? तपाईं हुनुहुन्न भने हामी पनि हुन्नौं ।'
तर कतिपय राजनीतिक विश्लेषकहरूले न्याय निरुपण गर्ने संस्थाहरूलाई दिइने धम्कीले मनोवैज्ञानिक त्रास सिर्जना हुन सक्ने बताउने गरेका छन् ।
राजनीतिक विश्लेषक प्रा. डा. कृष्ण पोखरेलले लोकान्तरसँग भने– 'अदालत र आयोग कसको पक्षमा बढी भीड छ भनेर निष्कर्षमा पुग्नुहुँदैन । पुग्यो भने अस्तित्वमा रहँदैन । तर भीडको उद्देश्य भने स्वतन्त्र निकायलाई प्रभावित पार्नु नै हुन्छ ।'
जनमतको परीक्षण किन?
अहिले चर्का कुरा गर्दै सडकलाई सहारा बनाइरहेका नेकपाका नेताहरू चुनावपछि जनतातिर फर्केका थिएनन् ।
भागबण्डामा रमाउन बानी परेका नेताहरू अहिले एकाएक जनताको प्रिय बन्न खोजिरहेका छन् । ठाउँ-ठाउँमा भइरहेका सभा सम्मेलनले चुनावको झल्को दिइरहेका छन् ।
चुनाव नहुने दाबी पनि गर्ने तर जनमत परीक्षण पनि गर्दै हिँड्ने यो त दोहोरो चरित्र भएन र भन्ने प्रश्नमा प्रचण्ड-नेपाल पक्षका एक प्रभावशाली नेताले लोकान्तरसँग भने – 'हामी चुनावविरोधी होइनौं तर चुनाव पनि संविधानसम्मत हुनुपर्छ भन्ने हाम्रो मुद्दा हो ।'
प्रचण्ड-नेपाल समूहले सभा र सम्मेलनमार्फत जनमतको परीक्षण गरेको तथ्यलाई भने उनले स्वीकारेका छन् ।
ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अदालतको फैसला आएलगत्तै सबै दलहरू चुनावमा केन्द्रित हुने दाबी गरे ।
नेम्वाङले लोकान्तरसँग भने– 'सबैले अदालतको फैसला कुरिरहेका छन् । फैसला आएलगत्तै सबै चुनावमै केन्द्रित हुने हो । अहिले भइरहेका सभा, सम्मेलन त्यसैको तयारी हो ।'
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...