×

NMB BANK
NIC ASIA

‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक

फागुन २४, २०७७

NTC
Premier Steels

पाशुपत क्षेत्रमा महत्वका साथ मनाइने महाशिवरात्रिको सन्दर्भ पारेर ‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक भएको छ ।

Muktinath Bank

पूर्व प्रशासक, आध्यात्मिक चिन्तक एवं साहित्यकार हरिप्रसाद रिमालले लेखेको पुस्तक सोमवार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस्तक सार्वजनिक गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले मल्लकालदेखि नै शासकले पशुपतिनाथको आराधनामा कमी गरेकाले कृपादृष्टि पनि कमै हुन थालेको बताए ।


Advertisment
Nabil box
Kumari

‘लिच्छविकालका शासकले आफूलाई पशुपति भट्टारक लेख्थे, खासमा नेपालको शासक पशुपतिनाथ हुन्, छाना र गजुरसमेत सुनको भएको पशुपतिमा सुनको जलहरी राख्दा विरोध गरियो, पशुपतिमा पूजा आराधना गर्न प्रधानमन्त्री केपी शर्मा ओली जानुभएकामा पनि विरोध भयो,’ उनले भने । 

Vianet communication

पशुपतिमा सुनकै शंखले अघ्र्य चढाइने र सुनको घण्ट बजाइने गरेकाले सुनको जलहरी राख्नुहुन्न भनी विरोध गर्नुको अर्थ नरहेको संस्कृतिविद् गुरुङको भनाइ थियो । पशुपतिनाथमा बगलामुखीको जस्तै सुनको ‘कोश’ नै चढाइनुपर्ने उनको तर्क थियो । 

पुस्तकका लेखक रिमालले पशुपति दर्शन गर्न जाने बेलामा भक्तजन विधि पूरा नगरी एकैपटक मूल मन्दिरमा दर्शन गरेको देखेपछि दर्शन विधि जानकारी दिनकै लागि पुस्तक लेख्ने प्रेरणा मिलेको बताए ।

भगवान्ले ‘मेरो रखवारी गरेर बस्नेको पूजा नगरी मकहाँ आउनेसँग म खुसी हुन्नँ’ भनी विभिन्न पौराणिक ग्रन्थमा भनेको उल्लेख गर्दै उनले जानकारीमूलक सानो पुस्तिका तयार पार्ने सोच अघि बढ्दा ४०४ पृष्ठको पुस्तक तयार भएको बताए ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले पशुपतिनाथका विषयमा जानकारी दिन पुस्तक सफल भएको बताए । कोषले पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाका विषयमा नेपालीमा पुस्तक प्रकाशन गरी त्यसको अंग्रेजी अनुवादसमेत सार्वजनिक गर्न लागिएको जानकारी उनले दिए ।

शिवमहापुराण भाग–१ छिट्टै बजारमा आउन लागेको जानकारी दिँदै उनले भाग–२ र भाग–३ पनि प्रकाशनको तयारी भइरहेको बताए । गुरुयोजनाअनुसार पशुपति हिन्दू विश्वविद्यालय, पशुपति संग्रहालय, पशुपति अस्पताल, गौशालालगायत भौतिक संरचना निर्माण गरी पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको तीर्थस्थलका रूपमा विकास गरिने उनको प्रतिबद्धता थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x