१४ असार २०८३, आइतबार

‘ए ... मान्छे’ बोलको गीत सार्वजनिक

‘ए ... मान्छे’ बोलको गीत सार्वजनिक

विभेदविरुद्ध गायक राज सागरले ‘ए ... मान्छे’ बोलको गीत सार्वजनिक गरेका छन् ।

५६ औं अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भमा गजल तथा सुगम गीतका चर्चित गायक राज सागरले सन्देशमूलक गीत सार्वजनिक गरेका हुन् ।

चर्चित विश्लेषक तथा लेखक आहूतिको शब्द रहेको ‘ए ... मान्छे’ विभेद विरुद्धको रचनात्मक आवाज भएको गायक राज सागरले बताए ।

मर्यादा मिडियाको प्रस्तुति रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार पारिएको कोसेली हो ।

अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आइरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरूप गीति कोसेली ल्याएको गायक राज सागर बताउँछन् ।

‘समाजको लागि, अन्याय र विभेदविरुद्ध गाएको गीत हो ए मान्छे,’ गायक राज सागर रोमान्चित हुँदै भन्छन्, ‘मान्छेहरू जातकै कारण मारिने क्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रवाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ ।’

सञ्जीव बराइलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् । प्रविन कार्कीको छायांकन, प्रकाशचन्द्र परियारको परिकल्पना र असीम तिमल्सिनाको ऐक्यवद्धता वाचन रहेको भिडियो मर्यादा टीभी नामक यूट्युब च्यानलमार्फत हेर्न सकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्