
गर्मीमा आइसक्रीम खान कसलाई पो मन लाग्दैन होला र ? तपाईं घरैमा आइसक्रीम बनाएर खान सक्नुहुन्छ ।
यहाँ हामी विधि बताउँदैछौं ।
सामग्री
कस्टर्ड पाउडर दुई ठूला चम्चा
ताजा क्रीम २ ठूला चम्चा
दूध आधा लिटर
चिनी आधा कप
किसमिस आवश्यकता अनुसार
बदाम १० (काटेको)
काजु १० (काटेको)
अलैंचीको धूलो आधा चम्चा सानो
सजाउनका लागि
टुटीफ्रुटी
काजुबदाम
विधि
एउटा कचौरामा कस्टर्ड पाउडरमा दुई चम्चा दूध हालेर घोल बनाउनुस् ।
बाँकी दूध तताउनुस् ।
एकचोटि भुलुक्क आएपछि आगो सानो पारेर कस्टर्डको घोल हाल्नुस् र दुई मिनेट पकाउनुस् ।
त्यसमा चिनी हालेर लगातार चलाउँदै गाढा नहुन्जेल पकाउनुस् ।
अब अलैंचीको धूलो, फ्रेश क्रीम, बदाम काजु किसमिस मिसाउनुस् ।
यसलाई सेलाउनका लागि छोड्नुस् ।
सेलाएपछि एयरटाइट कन्टेनरमा राख्नुस् ।
अब यसमा बदाम काजु र टुटी फ्रुटीले सजाएर फ्रीजमा दुई घन्टा राख्नुस् ।
त्यसपछि आइसक्रीमलाई कन्टेनरबाट निकालेर खानुस् ।