भारतीय संगीतकार श्रवण राठोरको निधन, पत्नी र छोराले अन्तिम संस्कार समेत गर्न पाएनन्

बलिउडको संगीत उद्योगको चर्चित जोडी नदीम श्रवणमध्ये श्रवण राठोरको बिहीवार मृत्यु भएको छ । 
 

कोभिडपीडित श्रवणलाई मुम्बईको माहिमस्थित रहेजा अस्पतालमा भर्ना गरिएको थियो । उनी ४८ घन्टादेखि भेन्टिलेटरमा थिए । निकै कोशिश गरेको भए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् । 


Advertisement

सन् १९९० को दशकमा सुपरहिट गीतहरू दिएका श्रवणको निधनले बलिउड स्तब्ध भएको छ । 

उनकी पत्नी र छोराले पनि उनको असन्तम दर्शन गर्न नपाउने भएका छन् । उनीहरू दुवैजनालाई कोभिड भएको छ र सेवन हिल्स अस्पतालमा भर्ना भएका छन् । 

वरिष्ठ गीतकार समीरले श्रवणको निधन मल्टिपल अर्गन फेलियरका कारण भएको बताए । 

श्रवणको मृत्युपछि नदीम रोएका छन् । उनले भने, ‘मेरा शानू बिते । हामी दुईले जिन्दगीको लामो समय सँगै बितायौं । सफलता र असफलता पनि सँगै देख्यौं । म एकदमै दुःखी छु र असहाय अनुभव गरिरहेको छु । श्रवणको परिवारलाई सान्त्वना दिन सशरीर उपस्थित हुन नपाउँदा म पीडामा छु ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्