×
Bajaj Top
Khukuri
FONEPAY

सम्पादकीय

न्यायालय सुधारको नेपाली ‘म्याग्नाकार्टा’

काठमाडाैं | मंसिर ७, २०७८

NTC
TVS INSIDE

नेपालको सर्वोच्च अदालत स्थापनाको ६ दशकपछि २०७८ मंसिर २ गते नेपालको न्यायिक इतिहासका एउटा ठूलै क्रान्ति भएको छ ।

Sanima Bank
morang Auto yamaha

सर्वोच्च अदालतका १८ जना न्यायाधीशले पेशी तोक्दा गोलाप्रथा लागू गर्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेका छन् । गोलाप्रथाबाट पेशी तोक्ने नियमावली संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ । यससँगै प्रधानन्यायाधीशमा रहेको पेशी तोक्ने तजबिजी अधिकार खोसिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

असल या खराब जे सुकै नियत राखेर गरेको भएपनि अहिलेसम्म प्रधानन्यायाधीशले नै तजबिजी ढंगले न्यायाधीशलाई मुद्दा तोक्ने परम्परा थियो । विगतका सबै प्रधानन्यायाधीशले पेशी तोक्दा खराब नियत राखेका भनेर भन्न मिल्दैन । तर पछिल्ला वर्षहरूमा मुद्दा सेटिङका लागि ‘बेञ्च सपिङ’ हुने गरेको आरोपका प्रश्न स्वयं प्रधानन्यायाधीश बन्नेले संसदीय सुनुवाई समितिमा फेस गर्नुपरेको थियो ।

न्यायालयको विकृति यति चरमचुलीमा पुगेको थियो कि, कुन मुद्दा कसको इजलासमा पर्दा कस्तो फैसला आउँछ भनेर बाहिरबाट पूर्वानुमान हुने गरेको थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएर आएपछि अदालतमा मुद्दाको खुलेआम किनबेच हुने गरेको आरोप अरूले होइन कानून व्यवसायीको छाता संगठन नेपाल बारले लगाएको हो । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले चोलेन्द्रले पैसा खाएर गरेका फैसलाको सूचना दिन सार्वजनिक रूपमै आह्वान गरेका छन् ।

अदालतमा हुने भ्रष्टाचार र अनियमितताको नाइके र मुख्य संरक्षक प्रधानन्यायाधीश जबरा रहेको भन्दै नेपाल बार एसोसिएसनले झण्डै दुई हप्तादेखि सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको छ ।

न्यायालयको इतिहासमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशविरुद्ध नाराबाजी दुर्लभै भएको थियो ।

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीशहरू एकजुट भएको र निकास दिन आग्रह गरेको पनि यो दुर्लभ परिघटना हो ।

नेपाल बारको आन्दोलन र सर्वोच्चका न्यायाधीशको भद्र अवज्ञाका कारण न्यायालयमा गोला प्रथाद्वारा पेशी तोक्ने निर्णय हुनु न्यायालय सुधारमा एउटा अग्रगामी छलाङ हो ।

यसले न्यायालयको भ्रष्टाचार पूरै अन्त्य भएको भनेर ठोकुवा गर्न नसकिए पनि सुधारका लागि महत्त्वपूर्ण कडी अवश्य मान्न सकिन्छ ।

न्यायालय सुधारमा गर्नुपर्ने अन्य धेरै काम छन् । न्यायाधीश हरिकृष्ण कार्कीको समितिले दिएको प्रतिवेदन कार्यान्वयनले न्यायालयलाई अझ पारदर्शी बनाउने छ र जनविश्वास बढाउने छ । गोलाप्रथाद्वारा पेशी तोक्ने र अटोमेसनमा जाने कुरालाई सुधारको पक्षमा भएको उपलब्धि मान्नुपर्छ ।

२०६३ सालमा सम्पन्न जनआन्दोलनले राजाका अधिकार कटौती गरेर प्रतिनिधि सभा घोषणापत्र जारी गरेको थियो, त्यसलाई नेपाली म्याग्नाकार्टा भनेर सम्बोधन गरिएको थियो ।

सन् १२१५ मा बेलायतमा नागरिक स्वतन्त्रताको पक्षमा गरिएको घोषणालाई ‘म्याग्नाकार्टा’ नाम दिइएको थियो ।

न्यायालयको सुधारका लागि न्यायाधीश र बारले गरेको यो प्रयास प्रशंसनीय छ । अहिले भएको सुधारबाट कुनै प्रधानन्यायाधीश पछि हट्न सक्ने छैनन् ।

अदालतप्रति गुमेको जनआस्था र भरोसा पुनः फर्काउनका लागि भविष्यमा आउने प्रधानन्यायाधीशले थप सुधारका प्रयासलाई अगाडि बढाऊन् । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्नका लागि चुनावको मिति घोषणा गर्न दिएको समय शुक्रवार सकिँदैछ । पुस ३० गते सर्वदलीय बैठक राखेर आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्नका लागि माघ पहिलो साताभित्र चुनावको मित...

पुस २८, २०७८

ओमिक्रोन नाम दिइएको कोरोना भाइरसको नयाँ भेरिएन्टले विश्वभर संक्रमणको तेस्रो लहर शुरू भएको छ ।  संक्रमणदर तीव्र रहेको ओमिक्रोन नेपालमा व्यापक मात्रामा देखिन थालेको छ । कोरोनाको तेस्रो...

कात्तिक ७, २०७८

नेपालको न्यायिक इतिहासमा सम्भवतः पहिलोपटक आइतवार सर्वोच्च अदालतका न्यायाधीशहरू औपचारिक रूपमै प्रधानन्यायाधीशविरुद्ध एक ठाउँमा उभिएका छन् । १४ जना न्यायाधीशले बैठक बसेर साझा निष्कर्ष निकाले– अहिलेको ने...

असोज १२, २०७८

सोमवार एकै दिन नेपाली आकाशमा दुईवटा सम्भावित हवाई दुर्घटना टरे । नेपालमा तुलनात्मक रूपमा ‘भरपर्दो’ भनिने बुद्ध एयरका दुईवटा जहाज सम्भावित दुर्घटनाबाट बचेका हुन् । काठमाडौंबाट पोखराका लागि उड...

असोज २७, २०७८

हिन्दू नेपालीहरूको महान चाड दशैंको मुखमा फेरि सवारी दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ । पछिल्ला दुई दिनमा सडक दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । कर्णालीको दुर्गम पहाडी जिल्ला मुगुमा दशैं मन...

भदौ २, २०७८

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाएको आरोप लगाउँदै ‘विधि’को शासनको मागसहित कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेको थियो । २०७७ पुस ५ र २०७८ ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...