०५ असार २०८३, शुक्रबार

सलमान खानलाई सर्पले डसेपछि...

पुस ११, २०७८
सलमान खानलाई सर्पले डसेपछि...

बलिउड अभिनेता सलमान खानलाई शनिवार राति सर्पले डसेको छ । 

पनवेलको फार्म हाउसमा रहेका बेला उनलाई सर्पले डसेको हो । यद्यपि अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ । 

सर्पले डसेपछि तुरुन्तै उनलाई मुम्बईको एमजीएम हस्पिटल भर्ना गरिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान आफ्नो फार्म हाउसमा साथीहरूको साथमा जन्मदिन मनाइरहेका थिए । सोही क्रममा उनलाई हातमा केही चीजले घोचेको जस्तो भयो, त्यसपछि यताउता हेर्दा सर्प देखियो । 

त्यसपछि उनलाई राति ३ बजे अस्पताल पुर्‍याइएको थियो । करीब ६–७ घण्टा उनी अस्पताल बसेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्