०७ असार २०८३, आइतबार

सनी लियोनीको गीत ‘मधुवन’ को बोल र नाम परिवर्तन हुने, के थियो भिडियोमा ?

पुस १२, २०७८
सनी लियोनीको गीत ‘मधुवन’ को बोल र नाम परिवर्तन हुने, के थियो भिडियोमा ?

हालै रिलिज भएको सनी लियोनीको गीत ‘मधुवन’लाई लिएर विवाद जारी छ । 

सोही विवादका बीच अब सो गीत ‘मधुवन’को बोल र नाम परिवर्तन हुने भएको छ । 

संगीत निर्माण कम्पनी सारेगमले गीतको बोल र नाम परिवर्तन हुने जनाएको छ । 

यो गीतलाई लिएर मध्यप्रदेशका गृहमन्त्री निरोत्तम मिश्राले हिन्दूहरूको धार्मिक भावनामाथि ठेस पुगेको आरोप लगाएका थिए । 

उनले अभिनेत्री सनी लियोनीलाई माफी माग्नुपर्ने र गीत ‘मधुवन’ तीन दिनभित्र फिर्ता लिनुपर्ने नत्र कारवाही गर्ने चेतावनी पनि दिएका थिए । 

त्यसपछि सारेगमले म्युजिक कम्पनीले आधिकारिक वक्तव्य जारी गर्दै मधुवन गीतको नाम र लिरिक्स परिवर्तन गर्ने जनाएको छ । साथै तीन दिनभित्र सबै प्लेटफर्ममा पुरानो गीतले रिप्लेस गरिने बताइएको छ । 

गीतलाई लिएर निकै आलोचना भइरहेको छ । वृन्दावनका सन्त नवल गिरि महाराजले पनि यो गीतविरुद्ध कारवाही गर्न सरकारसँग माग गरेका थिए । 

यो गीत चर्चित गायिका कनिका कपूर र गायक अरिन्दम चक्रवर्तीले गाएका हुन् । 

कमेन्ट गर्नुहोस्