×

NMB BANK
NIC ASIA

पार्टी बसको लोकप्रियता

लोकप्रिय बन्दै 'पार्टी बस' : बार र डिजेको तालमा झुम्दै काठमाडौं परिक्रमा [भिडियो]

पुस २३, २०७८

NTC
Premier Steels

डिजे, डान्स, खानपान र ड्रिंक्सको मज्जा लिँदै काठमाडौं परिक्रमा गर्न सकिने 'पार्टी बस'प्रतिको पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।

Muktinath Bank

एउटा सुविधासम्पन्न रेस्टुरेन्ट वा क्लबजत्तिकै सेवा उपलब्ध भएको बस बेलुका ८ बजेदेखि राति २ बजेसम्म काठमाडौंको सडकमा परिक्रमा गर्दै गरेको भेटिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी बसको शुरूआत भएको त २ वर्ष नाघ्यो । तर, यो दुई वर्ष कम्ता चुनौतीपूर्ण रहेन । सेवा शुभारम्भ गरेको केही महिनामा नै कोरोना महामरी शुरू भयो ।


Advertisment
Nabil box
Kumari

कोरोनाको पहिलो र दोस्रो लहर र पटक-पटको लकडाउनमा पार्टी बसलाई निरन्तरता दिने अवस्था थिएन ।

Vianet communication

तर, यसका सञ्चालकले हिम्मत हारेनन् । धैर्य गर्दै महामरी कम हुने समय कुरे । दैनिक जनजीवन सामान्य हुन थालेपछि पुन: सुचारु भयो पार्टी बसको सेवा ।

पछिल्ला दिनहरूमा पार्टी बसको माग ह्वात्तै बढेको सञ्चालक संस्था पार्टी बस नेपालका अपरेसन डाइरेक्टर उमेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार दोस्रो लकडाउनपश्चात अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुन थालेको छ।

‘शुरूमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन । तर पछिल्लो समय पार्टी बस नेपालको माग ह्वात्तै बढेको छ । विभिन्न खाले पार्टी र सामूहिक जमघटका लागि यसको प्रयोग हुन थालेको छ ।

अहिले २ वटा बसले सेवा दिइरहेको छ । एउटा बसको सीट क्षमता ३५ छ । दिनमा ७० जनासम्मले पार्टी बसको सेवा लिन सक्छन् ।

प्राय:ले कल गरेर नै बूकिङ गर्ने गरेको सुवेदीले बताए । कल गरेका ग्राहकलाई बसले उनीहरूलाई पायक पर्ने चोकमा गएर पिकअप गर्ने गरेको छ ।

उक्त बसमा यात्रा गर्नका लागि एक हजार रुपैयाँको टिकट काट्नुपर्छ । टिकट शुल्कभित्रबाटै कम्पनीले कम्प्लिमेन्ट्री ड्रिंक्स समेत उपलब्ध गराउँछ ।

थप ड्रिंक्स र खानेकुराका लागि पैसा तिर्नुपर्छ । बसभित्रै बारको व्यवस्था छ ।

बसभित्रै डिजे, बार, डान्स, एयर कन्डिसन, शौचालय आदिको व्यवस्था छ । बर्थ–डे, एनीभर्सरी, स्टाफ पार्टी, ब्याचलर पार्टीलगायत मनाउनका लागि पार्टी बस ग्राहकहरूको रोजाइमा छ ।

पछिल्लो समूह युवाहरू समूह बनाएर रमाइलो गर्नका लागि बूकिङ गर्न आउने गरेका छन् । एक्लाएक्लै गएर त्यहीँ बनेको समूहमा रमाउने विकल्प पनि छ ।

प्राइभेसी पनि हुने, ग्राहकले भनेको गन्तव्यसम्मै पुर्‍याइदिने र पूर्ण मनोरञ्जनपछि पिकअप तथा ड्रपको व्यवस्था पनि हुने भएकाले प्रयोगकर्ताहरू यसमा आकर्षित भएको देखिन्छ ।

बसले ग्राहकलाई आफूले पिकअप गरेकै ठाउँमा लगेर छाडिदिने गरेको छ ।

डेनमार्कमा बनेको योजना

पार्टी बस नेपालका फाउन्डर तथा डाइरेक्टर अशोक शर्माले नेपालमा टुरिजम क्षेत्रमा योगदान पुग्नेगरी के व्यवसाय गर्न सकिन्छ भनेर सोच्दै थिए ।

डेनमार्कमा बसोबास गर्दै आएका उनले टुरिजम र इन्टरटेनमेन्टलाई जोडेर केही गर्ने कि भन्ने विषयमा अध्यन थाले ।

मानिसले चाहेको बेला र चाहेको ठाउँमा भेला भएर रमाइलो गर्न सकोस्, रमाउँदै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सकियोस् भन्ने सोचका साथ उनले पार्टी बसको परिकल्पना गरेका रहेछन् ।

नेपालका लागि यो कन्सेप्ट नयाँ भए पनि विदेशमा भने पहिलेदेखि नै सञ्चालनमा रहेको शर्मा बताउँछन् ।

"यो पार्टी बसको कन्सेप्ट साउथ एसियामा त्यति पपुलर नभए पनि अरू देशमा राम्रै पपुलर भएको छ । अहिलेलाई विशुद्ध नेपालीका लागि टार्गेट गरेर पार्टी बस सञ्चालनको कन्सेप्ट अनुसार अघि बढेका हौं,' लोकान्तरसँगको भाइबर कुराकानीमा डेनमार्कबाट शर्माले भने ।

यसलाई थप परिमार्जन गर्दै अगाडि बढ्ने उनको सोच छ ।

'समयले साथ दिएसम्म हामी यसलाई अगाडि बढाउछौं र समयसँगै परिमार्जन गरेर अगाडि लैजाने योजना छ,' शर्माले भने ।

अहिले ४ जना मिलेर यो सेवा सञ्चालन गर्दै आएका छन् ।

फाउन्डर तथा डाइरेक्टर अशोक शर्मा, अपरेशन डाइरेक्टर उमेश सुवेदी तथा सञ्चालक सदस्यहरू भीम क्षेत्री र भोजेन्द्र सुवेदी छन् ।

के भन्छन् ग्राहक?

बानेश्वरका प्रकाश रेग्मी अफिसका साथीहरूसँगै पार्टी बसमा रमाउँदै थिए । उनको कन्सल्टेन्सीले समूहमा मनोरञ्जनका लागि पार्टी बस बूकिङ गरेको रहेछ ।

'युवादेखि वृद्धसम्मले फरक तरिकाले इञ्जोय गर्दै एउटा मेमोरी क्रिएट गर्न सकिने रहेछ,' पार्टी बसको अनुभवबारे उनले भने, 'यस बसको म्युजिक सिस्टम, लाइट सिस्टम र सेवा सुविधाले बाहिरको तनाव भुलाएर फ्रेस गरायो ।'

उनीसँगै रहेका सतिश भट्ट पार्टी बसमा घुम्न पाउँदा दंग थिए ।

'बसभित्रै म्युजिक, डेकोरेसन, बारको नौलो कन्सेप्टले नै मलाई यो बसमा आउन लोभ्याएको हो। ग्रुपमा रमाइलो गर्दै काठमाडौंको परिक्रमा गर्न पाउँदा निकै खुशी लागेको छ,' भट्टले भने ।     

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x