०३ असार २०८३, बुधबार

प्रयोगविहीन भए लिवाङ बजारमा राखिएका सीसी क्यामेरा

माघ २३, २०७८
प्रयोगविहीन भए लिवाङ बजारमा राखिएका सीसी क्यामेरा

रोल्पा नगरपालिका र  उद्योग वाणिज्य संघको संयुक्त लगानीमा लिवाङबजारका सार्वजनिक स्थानमा राखिएका सीसीटीभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भएका छन् । २०७५ साउनमा १० बजारका विभिन्न स्थानमा ती उपकरण जडान गरिएका थिए ।  

सीसीटीभी बिग्रिएसँगै सदरमुकामको शान्ति सुरक्षामा थप चुनौती थपिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । प्रहरी निरीक्षक सन्तोष केसीले भने, 'सीसीटीभी चालु नभएपछि प्रहरीको थप कार्यभार थपिएको छ, प्रविधिले प्रहरीको कामलाई पनि सहज बनाएकाले सीसीटीभी शान्ति सुरक्षाका लागि अत्यावश्यक हुन्छ ।'

वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले जडान गरिएका सीसीटीभीको रेखदेख, मर्मतसम्भार तथा निरन्तरता दिने जिम्मा स्थानीय सरकारको भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्