×

NMB BANK
NIC ASIA

छन्द दिवसको उपलक्ष्यमा (कविता)

बैशाख ८, २०७९

NTC
Premier Steels

दुर्गा प्रसाद दहाल

Muktinath Bank

जो छन्दमा रौनक आउँदैछ
यो आज जो आदर पाउँदैछ ।
सर्लक्क आए दिन फर्किएर
हिँड्दैन जो यो अब लर्किएर ।।१।।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जो सुनिन्छ मृदु छन्दको ध्वनि
दिव्य निर्झर र कन्दरामुनि ।
सिक्नुपर्दछ समीपमा बसी 
हुन् गुरु प्रकृति ज्ञानकी कसी ।।२।।


Advertisment
Nabil box
Kumari

आऊ गाऔं मृदुल लयमा काव्यका दिव्य भाव
सुन्दासुन्दै हृदयतलमा होस् अतुल्य प्रभाव ।
ढाकेजस्तै भुवनतल यो विष्णुका पाइलाले
ढाकेका छन् सकल कविता छन्दका साइनाले ।।३।। 

Vianet communication

भए महान् जो कवि भानुभक्त 
जो देखिए ती प्रतिभा सशक्त ।
ती काव्यमा जो छ विचित्र भाव 
त्यो हो सबै छन्दगत प्रभाव ।।४।।

कति कति पढिए हुन् काव्यका भव्य पंक्ति
स्मरण सकल गर्ने चित्तमा छैन शक्ति
अविकल तर बस्छिन् गुनगुनाएर ‘गौरी’
गुनुनु गुनुनुजस्तै फूलका माझ मौरी ।।५।।
 

'छन्दोमयेन गरुडेन समुह्यमान'
हो वृत्तता गरुडको अति तीव्र यान ।
गुँज्छन् निरन्तर रथन्तर सामगान
ती छन्दको कति गरौं अरु के बयान ?।६।।

बानेश्वर, काठमाडौं

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x