०८ असार २०८३, सोमबार

'नेपालका भाषा र सरकारी कामकाज' पुस्तक सार्वजनिक

बैशाख २३, २०७९
'नेपालका भाषा र सरकारी कामकाज' पुस्तक सार्वजनिक

'नेपालका भाषा र सरकारी कामकाज संवैधानिक व्यवस्था र विकल्प' नामक पुस्तक सार्वजनिक भएको छ। 

त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीम नारायण रेग्मीद्वारा लिखित उक्त पुस्तक ३३० पेजको पुस्तक आज (शुक्रवार) विमोजन गरिएको हो ।

अनुसन्धानमा काम गर्दै आइरहेको फ्याक्ट्स नेपाल नामक संस्थाले उक्त पुस्तकको प्रकाशन गरेको हो ।

देशभरिका ७५३ स्थानीय तहमा बोलिने भाषा सम्बन्धी तथ्यांक संकलन गरी उक्त पुस्तक प्रकाशन गरिएको छ ।

नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्प जस्ता अनुसन्धान पश्चात तार्किक र तथ्यपरक सामाग्री यो किताबमा समेटिएको छ भने यसमा ७५३ वटै निकायमा बोलिने भाषा सम्बन्धी विस्तृत तथ्याङ्क समेटिएको छ।

salt training

कमेन्ट गर्नुहोस्