१४ असार २०८३, आइतबार

प्रधानमन्त्री देउवाले कहाँबाट गर्छन् मतदान ?

बैशाख २९, २०७९
प्रधानमन्त्री देउवाले कहाँबाट गर्छन् मतदान ?

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय  तहको निर्वाचनमा गृहपालिका गन्यापधुराको असिग्राम माविस्थित रुवाखोलामा  तोकिएको मतदान केन्द्र ‘ख’बाट मतदान गर्ने  भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन्  ।

यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् । 

उनले  यसअघि पनि यही मतदान केन्द्रबाट मतदान गरेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्