
ललितपुर महानगरपालिका वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी (एस)ले जितेको छ ।
सोमवार सम्पन्न मतगणनाअनुसार नेकपा एकीकृत समाजवादीका राजेश कुमार महर्जनले १ हजार ८३० मत सहित निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पुरुषोत्तम थापा मगरले ६ सय ७ मत पाएर पराजित भए ।
यस्तै नेपाली कांग्रेसका बिनय प्रसाद जोशीले ५ सय ६० मतमात्रै पाए ।
जीतपछि अहिले ललितपुर–२ मा विजयी र्याली शुरू भएको छ ।