
धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा जसपाका दिपिन देव यादव ३ हजार १५७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेश चौधरीले २ हजार ७७८ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसका कमला सहगल २ हजार ९९८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालकी गीता सुडीले २ हजार ८४० मत ल्याएकी छन् ।