असार २, २०७९
कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । यो अफर आज बुधबारदेखि लागू भएको छ । असार १ गतेबाट शुरू यो योजना असार ३२ गतेसम्...
नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ ।
२०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ ।
समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक रहेको टेलिकमले जनाएको छ ।
अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।
नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी–एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।
फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने (सर्पोट गर्ने) हुनु पर्दछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी रहेको टेलिकमले जनाएको छ । आफ्नो मोबाइल फोनबाट *४४४# डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ ।
कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ
मोबाइल इन्टरनेटको क्षेत्रमा लङ टर्म इभोलुसन ‘एलटीई’ भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो ।
यसबाट तीब्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य–दृश्य सामाग्रीहरु, गेम लगायत बढी ब्याण्डविथ आवश्यक हुने सामग्रीहरु सजिलै प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । यो अफर आज बुधबारदेखि लागू भएको छ । असार १ गतेबाट शुरू यो योजना असार ३२ गतेसम्...
नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, स...
इसेवाले “५५ मिनेटको धमाका अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत असार ५ गते आइतवार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ । आइतबार बिहान ५ः५ बजेदेखि साँ...
नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज ला...
इसेवाबाट मनकामना केबुलकारको टिकट काट्दा हिराको हार उपहार सकिने भएको छ । योजना अन्तर्र्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एक नाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ्ग मेसिन ...
आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवर्धित ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरूका निम्ती रोचक अफर ल्...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...