०४ असार २०८३, बिहीबार

बुटवल उपमहानगरमा गठबन्धन विजयउन्मुख

बुटवल उपमहानगरमा गठबन्धन विजयउन्मुख

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेको जीत निश्चित जस्तै भएको छ ।

अब १ नम्बर वडाको ४ हजार ५०० मत गणना गर्न बाँकी छ । पाण्डे नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईभन्दा ७ हजार मतले अगाडि रहेका छन् ।

खेलराजले २५ हजार ६१२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६५९ रहेको छ । ११ नम्बर वडामा १० हजार ३५३ मत खसेकोमा थियो ।

५ हजार ९०० मत गणना हुँदा खेलराजले २ हजार ५७४ र भट्टराईले २ हजार २५५ मत पाएका छन् ।

उपमेयरमा नेकपा एमालेकी सावित्रा अर्यालको जीत निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चीनबहादुर गुरुङभन्दा अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनको जीत निश्चित भएको हो । एमालेले बुटवलमा ४ वडामा मात्र जीत निकालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्