२५ असार २०८३, बिहीबार

साउदीमा रहेका ११८ नेपालीले पाए स्वदेश फर्कन भिसा

साउदीमा रहेका ११८ नेपालीले पाए स्वदेश फर्कन भिसा

साउदी अरबमा रहेका ११८   जना नेपालीले   स्वदेश फर्कने अनुमति बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । 

विभिन्न  कम्पनी  तथा  प्रतिष्ठानमा  काम  गर्दा  साउदीको  आवासीय  अनुमतिपत्र  नबनाएका  वा  नवीकरण नगरिएका लगायतका समस्यामा परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको साउदी अरबको रिहादमा रहेको  नेपाली  दूतावासले जनाएको छ ।

समस्यामा  परेका  श्रमिकले  दूतावासमा  आवेदन दिएपछि स्वदेश फिर्तीको प्रक्रियाका लागि साउदीको विभिन्न निकायमा पहल गरेको थियो ।

दूतावासले गएको दुई हप्तामा प्रक्रिया गरेकोमध्येमा ११८ जनाले एक्जिट भिसा पाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्