×

NMB BANK
NIC ASIA

चिनियाँ सक्रियता

काठमाडौंमा लिउ जियान चाआको घरदैलो : वामपन्थीहरू मिलून् भन्ने शुभेच्छा

असार २८, २०७९

NTC
Premier Steels

सद्भावना भ्रमणमा काठमाडौंमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओ मंगलवार दिनभर राजनीतिक भेटवार्तामा व्यस्त रहे ।

Muktinath Bank

बिहान १० बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास प्रवेश गरेका उनी दिउँसो २ बजे मात्रै बालकोटबाट बाहिरिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली निवासमा लन्च मिटिङ गरेका उनीहरूले द्विपक्षीय सम्बन्धबारे चर्चा भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए ।


Advertisment
Nabil box
Kumari

मंगलवार दिउँसो चिनियाँ टोलीले एकीकृत समाजवादीका नेताहरूसँग नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भेटवार्ता गरेको छ । 

Vianet communication

त्यसअघि लिउ नेतृत्वको टोलीले सोमवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । सोमवार साँझ प्रचण्डले सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजमा चिनियाँ प्रतिनिधि मण्डल सहभागी भएको थियो ।

सीपीसीको विदेश विभाग प्रमुख नियुक्त भएपछि सद्भावना भ्रमणको लागि काठमाडौं ओर्लिएको भनिए पनि नेपालमा पश्चिमा शक्तिको उपस्थिति र नेपालका कम्युनिस्ट शक्तिको एकताका विषयमा चिनियाँ टोलीले रूचिसाथ संवाद गरेको भेटमा सहभागी नेताहरूले बताएका छन् । 

सीपीसीको विदेश विभाग प्रमुख नियुक्त भएलगत्तै लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेका थिए ।

गत असार ९ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र असार १० गते नेकपा एमालेका अध्यक्ष ओलीसँग कुराकानी गरेका थिए । त्यसपछि उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग असार १६ गते भर्चुअल संवाद गरेका थिए । अहिले भेटवार्ताकै लागि नेपाल आएका हुन् ।

चीनले नेपालका कम्युनिस्ट पार्टीमा विशेष चासोसहित प्राथमिकता दिँदै आएको छ । लिउको नेपाल भ्रमण नेपालमा रहेका कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने सन्देश दिन आएको अर्थमा समेत व्याख्या भइरहेको छ । 

नेपालमा पश्चिमा देशहरूको प्रभाव बढेको र नेपालको कम्युनिस्ट शक्तिलाई एकत्रित गर्न सके त्यसैका बलमा नेपालमा चीनको उपस्थिति बलियो बनाउन सकिने बुझाइ चीनको रहेको चीन मामिला जानकारहरू बताउँछन् । 

पछिल्लो समय चीनले कम्युनिस्ट पार्टीहरूसँग मात्रै नभएर नेपाली कांग्रेससँग पनि उत्तिकै बलियो सम्बन्ध विस्तार गर्न चाहेको चीन मामिलाका जानकारहरू बताउँछन् ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्दा पनि चीन फ्याक्टरको चर्चा हुने गरेको थियो तर दुवै पार्टीका नेताहरूले त्यसलाई नकार्ने गरेका थिए । नेकपाका तत्कालीन २ अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको खटपट शुरू भएपछि त्यसलाई मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको दौडधुप र चिनियाँ अधिकारीहरूको काठमाडौंमा भएको बाक्लो आवागमनले नेपालको कम्युनिस्ट पार्टीमा उनीहरूको रुचि पुष्टि भएको थियो ।

मंगलवार एकीकृत समाजवादीको नेताहरूसँगको भेटमा पनि लिउ नेतृत्वको चिनियाँ टोलीले नेपालका राजनीतिक शक्तिहरू मिलेर जाँदा राम्रो हुने सन्देश दिएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताए । 

नेपालले भने, ‘उहाँले त आमरूपमा नेपाल एक भएको, नेपालीहरू एक भएको, नेपालका पार्टीहरू एक भएको र एक भएर नेपालको विकासमा सबै लागेको कुरा स्वाभाविक चर्चा गर्नुभयो । एकता नै बल हो । एक भएर अघि बढून् भन्नुभयो ।’

सोमवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीसँगको भेटमा पनि चिनियाँ प्रतिनिधि मण्डलले नेपालका राजनीतिक दलहरू मिलेर जाँदा राम्रो हुने बताएको भेटवार्तामा सहभागी नेता नारायणकाजी श्रेष्ठले बताए । 

‘राजनीतिक दलहरू मिलेर जाँदा निर्णय शक्ति बलियो हुने उहाँहरुले बताउनुभयो । चीनका कम्युनिस्ट पार्टी स्थापना र विकास पनि बलियो निर्णय शक्ति बनाउनको लागि भएको उहाँहरूले बताउनुभएको थियो,’ चिनियाँ टोलीसँग भेटपछि श्रेष्ठले भनेका थिए । 

नेकपा एमालेका विदेश विभाग प्रमुख भट्टराईले भने नेपालको पार्टीहरूको एकताको विषयमा चिनियाँ प्रतिनिधि मण्डलसँग छलफल नै नभएको दाबी गर्छन् । यसअघि पार्टी एकीकरण हुँदा पनि चिनियाँ भूमिका नभएको र अहिले पनि उनीहरूले त्यस विषयमा चासो नराखेको भट्टराईको दाबी छ । 

कम्युनिस्ट मिलाउने प्रयास र विभाजन

एमाले र माओवादी केन्द्र एकीकृत हुने घोषणा गरेर २०७४ सालमा संयुक्तरूपमा चुनाव लडेका थिए । एउटै पार्टी बनाउने उनीहरूको घोषणालाई मतदाताले पनि अनुमोदन गरिदिएका थिए । दुईतिहाइ नजिकको मत ल्याएर नेकपाले एकलौटी सरकार बनाएको थियो । नेपालमा नेकपाको बलियो सरकार भएको बेला २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको २ दिने राजकीय भ्रमण गरेका थिए ।

चीनबाट राष्ट्रपतिको तहमा २३ वर्षपछि सी चिनफिङ नै पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमणले नेपालमा कम्युनिस्ट पार्टी बलियो बनेकोमा चीन खुशी भएको अर्थमा बुझ्न सकिन्थ्यो तर २ पार्टी मिलेर बनेको नेकपा लामो समय टिकेन । नेकपा भित्रको कलह व्यवस्थापन हुन नसक्दा तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिदिए । त्यसले नेकपामा स्पष्ट २ धार देखियो । प्रचण्ड र माधव नेपालले ओलीविरूद्ध देशव्यापी आन्दोलन र प्रदर्शन गरे । २०७७ फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा छुट्टिएपछि एकीकृत नेकपाको अस्तित्व बिलायो ।

हालसम्म तत्कालीन नेकपा ४ टुक्रामा विभाजित भएको छ । नेकपाबाट फर्किएर पूर्ववत एमाले र माओवादी केन्द्र बन्यो । नेकपा विभाजनपछि एमाले पनि एकीकृत रहन सकेन । माधव नेपालको नेतृत्वमा एमालेबाट छुट्टिएको टीमले एकीकृत समाजवादी गठन गरेको छ ।

एमालेमै तत्कालीन वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेका बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका छन् । 

नेकपाबाट छुट्टिएकामध्ये एमाले एक्लै छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी सत्ता सहयात्रामा छन् । वामदेव गौतम प्रचण्ड र माधव नेपालसँग निरन्तर संवादमा छन् । एमाले अध्यक्ष ओलीसँग भने प्रचण्ड र माधव नेपालको संवाद समेत हुने अवस्था छैन । 

तत्कालीन नेकपा विभाजनको संघारमा पुगेपछि सीपीसीको तत्कालीन विदेश विभाग उपप्रमुख कुओ येचौ नेतृत्वको ४ सदस्यीय टोली नेपाल आएर नेताहरू बीचको विवाद समाधानको प्रयास गरेको थियो । त्यतिबेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पनि असाध्यै रफ्तारमा थियो । 

समाजवादी केन्द्रको चर्चा र चिनियाँ उपस्थिति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचन अगाडि नै माओवादी घटकहरू एक हुने बताउँदै आएका छन् । माओवादी घटकहरूबीच पार्टी एकता गर्ने र अन्य कम्युनिस्ट शक्तिहरू पार्टी एकता गर्न सहमत हुँदा एउटै पार्टी बनाउने र सम्भव नहुँदा समाजवादी केन्द्र बनाएर एउटै कम्युनिस्ट मोर्चा बनाउने बताउँदै आएका छन् । 

समाजवादी केन्द्रमार्फत एउटै कम्युनिस्ट मोर्चा बनाउनेमा शीर्ष नेताहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहमत देखिएका छन् । 

असार १९ गते वामदेव गौतमकै पहलमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू उपस्थित भएर सके पार्टी एकता गर्ने र नसके कम्युनिस्ट मोर्चा बनाउनेबारे छलफल गरेका छन् ।

ललितपुरको सातदोबाटोको एक घरमा भएको नेताहरूको छलफलमा वामदेव गौतमले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पार्टी एकता गर्न सल्लाह दिएका थिए । २ पार्टी एक भएमा आफू पनि त्यसमा सहभागी हुने र एमालेसँग एकताको पहल गर्ने गौतमले नेताहरूलाई भनेको उनी निकट स्रोतले बताएको छ । 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल आगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीहरूको बीचमा मोर्चा बन्ने सम्भावनालाई नकार्दैनन् । ‘पार्टीहरूको बीचमा छलफल हुँदै जाँदा वामपन्थी मोर्चा बन्ने कुरा असम्भव छैन,’ भुसालले भने । 

नेपालमा सके कम्युनिस्ट पार्टीहरूको एकता गर्ने र चुनावअघि त्यो सम्भव नभए समाजवादी केन्द्र भनेर वामपन्थी मोर्चा बनाउनेबारे छलफल भइरहेको बेला भएको चिनियाँ टोलीको भ्रमणले वामपन्थी ध्रुवीकरणको लागि वातावरण बनाउन सघाउने विश्लेषण वामपन्थी वृत्तमा भइरहेको छ । 

नेपालमा अमेरिकी उपस्थिति र चिनियाँ चासो

नेपालमा चिनियाँ चासो बढ्नेको अर्को कारण हो नेपालले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन । नेपालले एमसीसी अनुमोदन गरेलगत्तै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए । 

एमसीसी अनुमोदनपछि नेपालमा बढेको अमेरिकी सक्रियतासँग पनि चीन सशंकित छ । अझ नेपालको हिमाली क्षेत्रमा अमेरिकी सैनिकहरूले परेड खेल्ने गरी अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम सम्बन्धी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि चीनले नेपालमा आफ्नो बलियो उपस्थिति बनाउन चाहेको चीनका लागी नेपालका पूर्व राजदूतहरू र चीन मामिलाका जानकारहरू बताउँछन् ।

त्यसका लागि उनीहरू नेपालको कम्युनिस्ट शक्ति नै बलियो रूपमा स्थापित होस् भन्ने चाहेको रूपमा बुझ्न सकिने चीन मामलाका जानकारहरूको भनाई छ । 

चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूले नेपालमा विशेषगरी एमाले र माओवादी केन्द्रका अध्यक्षहरूसँग निरन्तर संवाद गरिरहेका छन् । भर्चुअलरूपमा उनीहरूको संवाद हुने गरेको छ । 

चैत ११ गते नेपाल भ्रमणमा आएका चिनियाँ विदेश मन्त्री वाङ यीले पनि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षलाई छुट्टाछुट्टै भेट गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x