×

NMB BANK
NIC ASIA

कला

'पाइलट' बन्ने सपना बोकेर काठमाडौं आएपछि चलचित्रमा जमेका आकाश

असार ३२, २०७९

NTC
Premier Steels

म्युजिक भिडियो होस् वा चलचित्र, केही वर्षयता दुवै विधामा जमिरहेका अभिनेता हुन् आकाश श्रेष्ठ ।

Muktinath Bank

‘चकलेटी अनुहार’का यी अभिनेतालाई लिएर म्युजिक भिडियो एवं चलचित्र बनाउन चाहनेहरू प्रशस्तै हुने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर आकाशको बाल्यकालदेखिको सपना भने अभिनेता बन्ने थिएन । अभिनयमा त उनी अनायासै जोडिन पुगे र स्थापित बने । ‘यो क्षेत्रमा आउँछु भन्ने नै थिएन । बच्चैदेखिको सपना भनेको पाइलट पढ्छु, पाइलट बन्छु भन्ने थियो,’ आकाशले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

पाल्पाको तानसेनमा जन्मिएका हुन् उनी । बाल्यकाल दाङको तुलसीपुरमा बिताए उनले । त्यहीबाटै राम्रो अंकका साथ एसएलसी उत्तीर्ण गरे र प्लस टू पढ्न काठमाडौं आए । प्लस टूमा म्यानेजमेन्ट पढे, उत्तीर्ण गरे । स्नातकमा बीबीए पढ्न थाले ।

Vianet communication

‘खासमा काठमाडौं आउँदा पाइलट पढ्ने सोचेरै आएको थिएँ,’ आकाश भन्छन्, ‘म आफ्नै खर्चले पाइलट पढ्न चाहन्थें तर आवश्यक खर्च नहुँदा पाइलट पढ्न सकिनँ ।’

उनको बीबीए पढाइ बिहानी सिफ्टमा थियो । दिउँसोमा ‘पार्ट टाइम’ कामका लागि के गर्न सकिएला भनेर सोधीखोजी गर्न थाले उनी । त्यसपछि विज्ञापनमा मोडलिङको काम गर्न थाले । सोही बखत म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए । गायक योगेश लिम्बुको ‘अंगालन’ बोलको गीतबाट उनले मोडलका रूपमा सांगीतिक क्षेत्रमा पाइला टेकेका थिए ।

गीतको भिडियोमा अभिनय गरेको केही महिनापछि अर्का अभिनेता अनमोल केसीसँग आकाशको भेट भयो । त्यसको भोलिपल्ट अनमोलकी आमा सुस्मिता केसीले आकाशलाई फोन गरेर चलचित्रको लागि अफर गरिन् । अफर गरिएको चलचित्रको नाम थियो – म त तिम्रै हुँ ।

चलचित्रमा पहिलो अनुभव थियो आकाशको । कस्तो रह्यो त त्यो अनुभव ? उनले भने, ‘निकै गाह्रो नि ! मलाई कुनै आइडिया थिएन । सेटमा कोही पनि नचिन्ने । आफूले मेहनत गरेर स्थान बनाउनुपर्छ भन्ने लाग्थ्यो ।’ 

उनी अभिनय र कलाकारिता क्षेत्रबारेमा जानेर मात्र नहुने बताउँछन् । यो क्षेत्रमा आफू कसरी अनुशासित भएर काम गर्ने भन्ने कुराले पनि अर्थ राख्ने उनको धारणा छ । अभिनयबाट दर्शकको माया र हौसला पाउँदै गएपछि भिडियो र चलचित्र क्षेत्रमै काम गर्ने सोच बनाए ।

आकाशले दोस्रो चलचित्रका रूपमा ‘तिमी सँग’मा अभिनेता बनेर अभिनय गरे । त्यसयता ‘ब्ल्याक’, ‘रामकहानी’, ‘ड्रिम गर्ल’, ‘पोई पर्‍यो काले’ लगायतका उनी अभिनित चलचित्रहरू प्रदर्शनमा आइसकेका छन् । ‘पोई पर्‍यो काले’पछि शुक्रवारदेखि मात्रै उनी अभिनित नयाँ चलचित्र ‘सम्झना बिर्सना’ प्रदर्शनमा आएको छ । चलचित्र आइरहेकाभन्दा बिल्कुलै फरक रहेको आकाश बताउँछन् ।

दार्जिलिङको परिवेशमा निर्माण भएको चलचित्रमा आकाश चिया बगानको मालिकको भूमिकामा प्रस्तुत छन् । उनी चिया बगानमा काम गर्ने मजदुरको दुःखलाई चलचित्रमा देखाउन खोजिएको बताउँछन् ।

‘यसलाई लभ स्टोरी बेसमा बनेको सामाजिक चलचित्र भन्छु । चलचित्रले केही सन्देश दिने विश्वास पनि लिएको छु,’ उनले भने । उनले नेपालभन्दा बाहिरको प्रोजेक्टमा काम गरेको यो पहिलोपटक हो । ‘३ वर्षपछि दर्शकसँग हलमा भेट्ने मौका पाएको छु । त्यसलाई लिएर एकदमै उत्साहित छु,’ उनले भने, ‘राम्रो कथावस्तुमा चलचित्र तयार पारेको हुनाले दर्शकले रुचाउनेमा उत्तिकै आशावादी पनि छु ।’

आकाशले ‘हिँड्दाहिँड्दै’ नामक नयाँ चलचित्रको भर्खरै छायांकन सकेका छन् । ‘सम्हालिन्छ कहिले मन’ भदौमा प्रदर्शनमा आउँदैछ । एकपछि अर्को म्युजिक भिडियोमा पनि अझ ज्यादा व्यस्त छन् आकाश । भिडियो होस् चाहे चलचित्र, दर्शकको माया पाउँदा एकदमै खुशी लाग्ने आकाश बताउँछन् ।

उनले कलाकारिताबाट आफूलाई राम्रो भइरहेको बताउँदै आउँदा दिनमा अझ राम्रा कामहरू गर्दै जाने बताए । चलचित्र क्षेत्रमा सधैंभरि सक्रिय रहने उनको सोच छ । भोलिका दिनमा चलचित्र निर्माणबारे पनि सोच बनाएको उनले बताए । 

पाइलट पढ्ने र पाइलट बन्ने रहर अधुरो रहँदा अहिले पछुतो लाग्ने गरेको उनी बताउँछन् । यद्यपि पढेर पाइलट बनेर आउँदा दिनमा पनि रहर पूरा गर्न सक्ने आकाशले बताए । ‘अब पढेर पनि पाइलट बन्छु भन्ने लाग्छ । त्यसबारे सोचिरहेको पनि छु,’ उनले भने । परिवारबाट उनलाई यस्तो बन्नुपर्छ, उस्तो बन्नुपर्छ भनेर कहिल्यै दबाब आएन ।

उनले भने, ‘आफ्नो इच्छाले जे मन लाग्छ, तिमीलाई जे सही लाग्छ त्यही गर तर गलत काम कहिल्यै नगर भन्नुहुन्थ्यो । अहिले पनि उहाँहरूले भन्ने त्यही नै हो ।’ 

सरल र शालिन स्वभावका आकाश फूटबलसँगै फिटनेशमा विशेष रुचि राख्छन् । उनी केही वर्षयता ‘रियल स्टेट’ व्यवसायमा समेत आवद्ध छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x