२५ असार २०८३, बिहीबार

पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थप, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थप, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शुक्रवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कूल ४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार २ हजार २ सय ९० नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय १९ र २ हजार ४ सय २२ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ पुगेको छ । 

संक्रिय संक्रमितमध्ये ५ हजार ५ सय ६५ जना होम आइसोलसनमा, २ सय १० जना संस्थागत आइसोलेसन, ६३ जना आईसीयू र ८ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ५ सय ११ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्