२५ असार २०८३, बिहीबार

डेंगु नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न सकेनः गगन थापा

डेंगु नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न सकेनः गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । महामारीको रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति उनले असन्तुष्टि व्यक्त गरेका हुन् । 

मंगलवारबाट काठमाडौंमा शुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणकाको कामलाई प्राथमिकता दिन नसकेको गुनासो गरे । 

कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरूको निर्माण गर्न नसकेको उनको भनाइ थियो । काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए । 

‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरी खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । स्थानीय सरकारको तयारीको बारेमा हामीले हेर्‍यौँ भने, प्राथमिकताका सन्दर्भमा हामीले हे¥यौँ भने अथवा यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन । हामीसँग रातारात आपतकालिन समयमा काम गर्ने संरचनाहरू छ कि छैन ?’, उनले भने, ‘यो काठमाडौंमा मात्रै सीमित भएको कुरा देशभर फैलने क्रममा जुन छ, कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो । कोभिडलगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरूको निर्माणमा खासै चासो दिएका देखिएन वा सिक्न चाहेन ।’

महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्