![क्रिकेटर सन्दीप लामिछानेलाई विमानस्थलबाटै पक्राउ गर्ने तयारी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Tia_police_1_YiFqEKsIZg.jpg)
नेपाल प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ ।
लामिछाने केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदैछन् ।
उनी विमानस्थलमा ओर्लने बित्तिकै पक्राउ गर्ने गरी तयारी भइरहेको हो ।
अहिले विमानस्थलमा प्रहरीहरू तैनाथ गरिएका छन् ।
लामिछानेले बिहीवार बिहान सामाजिक सञ्जालमार्फत आफू बिहान १० बजे विमानस्थल ओर्लने जानकारी दिएका थिए ।
'नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,' उनले भनेका छन्, 'मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।'
तस्वीरहरू

