
बलिउड अभिनेत्री आलिया भट्टको फ्यान फलोइङ निकै धेरै छ ।
उनी विश्वभर नै चर्चित रहनेमध्ये एक अभिनेत्री हुन् ।
आलियाको गंगुबाई काठियावाडी चलचित्र अहिले निकै चर्चामा छ ।
हालै मलेसियामा आलिया गंगुबाईको क्यारेक्टरमा गेटअपमा र्याम्प वाकमा सहभागी भइन् ।
गंगुबाई काठियावाडी फिल्म रिलिज हुँदा आलियाको आइकोनिक लुक र ढोलिडा गीतमा डान्स हुक स्टेप चर्चित भएको थियो ।
मलेसियामा र्याम्प वाकका क्रममा आलिया सेतो साडी, रातो ठुलो बिन्दी, घुमाउरो कपालको बन र त्यसमा गुलाबको फूलमा सहभागी भएकी थिइन् ।
फिल्म रिलिज भएको महिनौं भइसकेको छ । तर आलियाको त्यो फ्लिमको क्रेज भने कायम नै छ ।
मलेसियामा भएको नर्दन हट कोचर फेसन शो २०२२ मा आलियाको गंगुबाई लुक प्रस्तुत गरिएको थियो ।
यस फेसन शोमा धेरै मोडलहरूले गंगुबाईको आइकोनिक लुकको लागि र्याम्प वाक गरेका थिए ।