२५ असार २०८३, बिहीबार

छोरीलाई काखमा राखेर अस्पतालबाट घर फर्किइन् बिपाशा बसु, के राखिन् नाम ?

कात्तिक २९, २०७९
छोरीलाई काखमा राखेर अस्पतालबाट घर फर्किइन् बिपाशा बसु, के राखिन् नाम ?

भारतीय नायिका बिपाशा बसुले १२ नोभेम्बर २०२२ मा छोरीलाई जन्म दिएकी छन् । 

बिपाशा र उनका पति करण सिंह ग्रोवरले छोरीको नाम देवी बासु ग्रोवर राखेका छन् ।  

पहिलो सन्तानकी आमा बनेकी बिपाशा मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । 

बिपाशाले छोरीलाई समातेको पहिलो तस्विर सार्वजनिक भएको छ ।  

अस्पताल छोडेपछिको उनीहरूको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तस्वीरमा विपाशाले छोरीलाई काखमा राखेकी छिन् । 

तस्वीरमा छोरीको अनुहार देखाइएको छैन । 

बिपाशा र करण दुबै कालो पहिरनमा देखिएका थिए ।  

करण र बिपाशाको विवाह ३० अप्रिल २०१६ मा भएको थियो । 

अगस्ट २०२२ मा, बिपाशाले आफ्नो बेबी बम्प देखाउँदै गर्भवती भएको घोषणा गरेकी थिइन् ।  

salt training

कमेन्ट गर्नुहोस्