
हल रिलिजको छोटो समयमै नेपाली चलचित्र ‘लप्पन छप्पन २’ युट्युबमा सार्वजनिक गरिएको छ । गत वर्षको फागुनमा प्रदर्शनमा आएको चलचित्र सोमवार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मुकुन्द भट्टको निर्माण एवं निर्देशनमा तयार ‘लप्पन छप्पन २’मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठलगायतको अभिनय छ । यो व्यवसायिक रूपमा असफल भएको चलचित्र हो ।