पछिल्लो युवा पुस्तामा नेपाली गीत सङ्गित क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक सरोज लामिछानेको एकपछी अर्को गीत लोकप्रिय बन्दैगएका छन् । बुबा उत्तममणि लामिछाने र माता साबित्रा लामिछानेको कोखबाट जन्मिएका कान्छा सुपुत्र लामिछानेको अब्बल सिर्जना र स्वरबाट नेपाली गीत सङ्गितमा ब्यावसायीक रुपमा सफल भएका छन् । उनले नेपाली आमदर्शकको उत्तिकै रोजाइमा परेकाले ,एउटा स्टेज शो गरेबापत ४० देखि ५० हजार रुपियाँ लिनेगरेका छन् ।
सिन्धुपाल्चोकमा जन्मिएका लामिछानेले सांगितिक बजारमा नेपाली लोकगीतको छुट्टै स्थान हासिल गरिसकेका छन् । पछिल्लो समय चन्द्रागिरिमा गीत सार्बजनिक गरेका लामिछानेले उक्त गीतमा शब्द, सङ्गित लामिछानको आफ्नै रहेको छ । आरके मिलनले त्यसमा एरेन्ज गरेका छन् । सरोज लामिछाने नामक युट्युव च्यानल मार्फत उनलाई दर्शकले हेर्न सक्ने उनको भनाइ छ । उक्त गीत सरोज लामिछाने र मनकामना रोक्काको स्वरमा सजिएको छ । नृत्य निर्देशन अमृत बिश्वकर्माको रहेको छ । त्यसमा कोरियोग्राफी प्रतिभा चाम्लिङको रहेको छ ।
लामिछानेका यसअघिका चर्चित गीतहरुमा बदम खाको सुन्तला छोडाको, सालको पात हे माया, हे मेरो सानू, कोठा भाडा तिर्दिने मैले हो, ‘निरकमला, मुसौरी, सान्दाजु , माछी काहा छ, दुई खोली दोभान, खाडादेभी माई, धानको बाला लसरी पसरी, काँहा होला र सुनजस्तो पित्तल, मेरो माया मुरिका मुरि, जिन्दगी के छ र, बुढिकन्या,जस्ता थुप्रै गीतहरु सफल भएका छन् ।
यस्तैगरी दर्शक तथा स्रोताको माया पाएका लामिछानेको दुई सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । गायक मात्रै नभएर उनी सञ्चारकर्मी पनि हुन् । बिगत लामो समयदेखि रेडियो सीटी एफएममा कार्यक्रम स्वरका थुङ्गाहरु सञ्चालन गर्दै आएका छन् ।