![मलेसियामा २८ नेपाली अलपत्र, उद्धार गरिदिन अनुरोध [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/nepali_alpatra_yPWrHYsc2b.jpg)
वैदेशिक रोजगारीमा गएका २८ जना नेपाली अलपत्र परेको भन्दै सहयोगका लागि अपिल गरिएको छ ।
गत भदौमा ललितपुरको सानेपास्थित कोजी रिक्यूरमेन्ट म्यानपावरबाट मलेसियाको होङ तेज चिकेन एण्ड डक सप्लायर्स कम्पनीमा काम गर्न सन् २०२२ सेप्टेम्बर ८ अर्थात् भदौ २८ गते मलेसिया गएका २८ जना अलपत्र परेका उनीहरूले भिडियोमार्फत बताएका छन् ।
म्यानपावर कम्पनीले महिनाको ८० हजारदेखि १ लाख नेपाली रुपैयाँ कमाइ हुने भन्दै उनीहरूबाट ३ लाख रुपैयाँ असुलेर मलेसिया आएको उनीहरूले बताएका हुन् ।
पछिल्लो समयमा कम्पनीका मालिकले जबरजस्ती काम लगाउने र मानसिक तथा शारिरीक यातना दिएको भन्दै उद्धार गर्न अपिल गरिएको छ ।
यस्ताे छ अपिल :
वैदेशिक रोजगारीका लागि मलेशिया आएका हामि २८ जना नेपाली कामदार एक हप्ता देखि अलपत्र परेका छौ । सानेपाकोkhoji requirementम्यानपावरबाट एकHong tez chiken and duck suppliersकम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर-२३ भदौ_ मा मलेसिया आएका हामिहरु अलपत्र परेका छौ
म्यानपावरलाई तीनदेखि तीन लाख दस हजाररूपैयाँ बुझाएर महिनाको असी हजार देखि लाख रूपैयाँ कमाउने प्रलोभन रsundayबाहेकrm 2343को एग्रिमेन्ट देखाएर हामिहरूसँग पैसा असुलेका थिए ।
‘आएको एक हप्तादेखि नै कम्पनी मालिकले गालीगलौजसहित कुटपिट गर्ने गर्दथे ‘सुरूमा पारिवारिक कारणले हामिले सहँदै आएको र एजेन्टलाई जानकारी गराउँदै गयौँ । तर,शारीरिक र मानिसक यातना दिने काम रोकिएको थिएन । यहि क्रममा एक जना साथीलाई कम्पनी मालिकले काटुनमा टेप लगाउने हाते मेशिनले झटारो हान्दा निजको निधारमा चोट लागेको थियो । यो कुरा हामिले नेपालमा मेनपावर लाई जानकारी गरायौं र केही दिनमा मेनपावर कम्पनीका महमत जुनेद स्वयम् आएर आफ्नो आँखाले चोट देखेर कम्पनी मालिक सँग अब आइन्दा यस्तो न होस भनी सम्झदारि गरेर जानू भयको थियो । उहाँ गएपछि पनि यो हर्कत रोकिएको थिएन र मेनपावरले भने बमोजिम र एग्रिमेन्ट अनुसार सेलरि पनि नदिएपछि फेरि महमत जुनेद आउनुभयो र केहीहद सम्म सान्त्वना दिनु भयो ।
यहि मिति01/01/2023मा कम्पनीको मासु डेलिभरि गर्ने क्रममा २५–२५ किलोको दुई झोला एकैचोटि दुई हातमा बोकेर पसल सम्म लैजाउ भन्दा निजले एकै चोटि नसकेर एक झोला मात्र उठाएर लाने अर्को फेरि लिन आउने बिचारले एक झोला मात्र लिएर जाँदा दुई थपड हान्दै मैले तलाइ पैसा तिरेर ल्याएको हो मैले जो भन्छु त्यो गर भन्दै त्याहाँ बाट जङ्गलमा लगेर दुई थपड हान्ने गाडी बाहिर निकाल्ने फेरि बाहिर निस्कने र दुई थपड हान्ने भित्र हाल्ने यो क्रम लगातार ४/५ पटक गरेर निजको गाला सुनिएको अबस्थामा मालिकको खुट्टा ढोगि यो कुरा कसैलाई जानकारी नगराउने सर्तमा रुम सम्म आएर रुदै हामीलाई जानकारी गराए ।हामि नेपाली भएर नेपालीलाई यो पीडा हामिमा सहन सक्ने क्षमता भएन र कम्पनी मालिकलाई बोलाएर किन हाम्रो साथि माथि यो हर्कत भयो भन्दा मैले पिटेको होइन भने अनि पिडितले हो मलाई पिटेको हो भन्दा चुप भन्दै अब तिमीहरू के चाहान्छौ भने हामीले हामी हाम्रो परिवार पाल्नका निम्ति आएका हौ यसरी यातना सहेर हामी काम गर्न सक्दैनौं भने पछि दोहोरो कुरा केही नगरि
कम्पनीबाट बाहिर निकाली कम्पनी मालिक,मलेसिया पुलिस ,चाइनिज एजेन्टले गाडीमा हालेर १५ किमि टाढा अन्कन्टार बन्द कोठामा पानी बत्ती केही नभएको ठाउँमा थुनिदिएको छ । यो कुरा हामीलेmदअ लाई जानकारी दियौं र ४ दिन पछिmदअ कर्मचारी आएर हाम्रो बिजोक‘ अबस्थाको अबलोकन गर्दै मेनपावर कम्पनी लाई सुरक्षित र सुबिधा सम्पन्न ठाउँमा राख्न आग्रह गरे भोलिपल्ट हामीलाईmदअ ले भने बमोजिम राख्ने र ठाउँ ठुलो नभएकाले दुई गुर्प मा बस्नु पर्ने भन्दै झोलाबाट नाम लिस्ट निकाल्दै नाम बोलाउदै तल गाडि आएको छ तल झर भन्दै नौ जना साथीहरू लाई लिएर गए हामी हामिलाइ पनि लिन आउने होला भन्दै तयारी अबस्थामा बस्यौं ।केही छिनमा फोन गरेर किन आउनु हुन्न त भन्दा मलाइ सन्चो छैन म सोमबार मात्रै आउछु भनेर फोन काटिदिए ।पछि साथीहरू सँग बुझ्दा नौ जनालाई सुबिधा सम्पन्न ठाउँ होइन त्यहि पटक पटक हामीलाई पिटने मालिकको कम्पनीमा छोडेर आएको जानकारि आयो के कुरा भयो सहमतिमा काममा लगाइयो या जबर्जस्ती काम गर्नु पर्छ भनियो यो कुराको जानकारी हामी बाँकी ज्ञढ जनालाई छैन । हामी अब बाँकी साथीहरू ज्ञढ जनाको छिटो भन्दा छिटो उद्धार गरि नेपाल आउने वातावरण मिलाइदिनु हुन विभिन्न सघँ सस्था मिडिया र राज्यमा भएका जतिपनि सहयोगि हातहरुलाई विनम्र अनुरोध गर्दछौं