माघ १४, २०७९
शनिबार (आज) नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकारी वेबसाइटहरू एकै पटक डाउन भएका हुन्। ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरू घुम्ने र नखुल्ने भएका छन्। ...
नेपाल टेलिकमले भोलि (२०७९ पुस २८ गते) देखि लागु हुनेगरी विन्टर अफर उपलब्ध गराउने भएको छ ।
कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरूको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।
विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १९९ देखि ६९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन् ।
यस अफर अन्तर्गत जम्मा ६९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जीबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सय वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यसैगरी ४९९ रुपैयाँमा २८ दिनका लागि कुल १९,६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
जम्मा ३४९ रुपैयाँमा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । जम्मा १९९ मा २८ दिनका लागि कुल ४२०० एमबी डाटा ((दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफरअन्तर्गत १९९ देखि ६९९ रुपैयाँसम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरू सबै नेटवर्कका लागि उपलब्ध छन्।
स्टे कनेक्टेड अफरअन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहनाबमोजिम थप सुलभ दरमा ल्याइएको छ । जम्मा १३० मा ५ दिनका लागि २ जीबी सबै नेटवर्कमा र ४ जीबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको टेलिकमले जनाएको छ। १०० र २०० रुपैयाँका स्टे कनेक्टेड अफरहरू निरन्तर प्रयोग गर्न सकिनेछ ।
यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आईपीटीभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ । अब ४० र ८० एमबीपीएस इन्टरनेट ब्याण्डविथसहित ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयाँ र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्नेछ। एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरू सबै प्याकलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।
पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको जम्मा ३७३ रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र ३७३ रुपैयाँमै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरिएको छ ।
सजिलो अनलिमिटेड पोस्टपेड प्याकअन्तर्गत ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका असीमित सुविधाहरू प्रयोग गर्न सकिने प्याकहरू निरन्तर उपलब्ध छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जीबी डाटा प्रयोग गर्न सकिने ३० दिनको ५९९ रुपैयाँको प्याक उपलब्ध छ ।
साथै ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, अल नेट २०० वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डाटा ३० सम्म चलाउन सकिन्छ । ९९९ र १४९९ रुपैयाँका ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असीमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
यीबाहेक पहिल्यैदेखि उपलब्ध अफरलाई निरन्तरता दिइएको छ ।
शनिबार (आज) नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकारी वेबसाइटहरू एकै पटक डाउन भएका हुन्। ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरू घुम्ने र नखुल्ने भएका छन्। ...
हिजो फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले क्षमा मागेको छ। हिजो करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटीएन टेलिफोन सेवा अवरुद्ध भएको...
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत एनसेलका कुनै पनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इसेवामार्फत एनसेल मोबाइलमा जनवरी महिना अवधिभर जम्मा ६ सय रूप...
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एम...
नेपाल विद्युत् प्राधिकरणले पोल प्रयोग गरेवापत लिने भाडामा अस्वभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संस्था (आइस्पान)ले विरोध गरेको छ । आइस्पानले सोमवार पत्रकार सम्मेलन आयोजना गरेरै इन्टरनेटको ...
राकुटेन भाइबरले दुई प्रमुख शुरुवातहरू घोषणा गरेको छ। नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छ, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने जनाएको छ। ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...