२५ असार २०८३, बिहीबार

दुई लभस्टोरी चलचित्र एकसाथ प्रदर्शनमा

दुई लभस्टोरी चलचित्र एकसाथ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ले प्रदर्शन आरम्भ गरेका हुन् ।

दुईवटै चलचित्र​ लभस्टोरी जनरामा निर्माण भएका हुन् । 

पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दीप क्षेत्री अभिनित ‘तिम्रो मेरो साथ’लाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा इमिलि लामा, सरोज खनाल, खडग बहादुर पुन, दिपिशा केसी लगायतको समेत अभिनय छ । 

यस्तै सारा सिर्पाइली, प्रितमराज सेञ्चुरी, कबिर खड्का अभिनित ‘गुञ्जन’लाई अष्ट महर्जनले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, नित्रुता स्याङ्ताङ, इवा श्रेष्ठ, कञ्चन चालिसे, रोहन शाही लगायतको समेत अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्